नारी दिवसः महिला खेलाडीलाई सम्मान
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १५:४९:०
२५ फागुन, पाल्पा ।आज एक सय १४ औँ अन्तर्राष्ट्रिय नारी दिवस देशका साथै विश्वभर मनाइँदै छ । दिवसका अवसरमा विभिन्न सङ्घसंस्था एवं निकायले महिलाका हकहितका साथै सचेतनामूलक विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।
यस वर्ष पाल्पाको रामपुर नगरपालिकाले महिला भलिबल खेलाडीलाई सम्मान गरेको छ । खेल क्षेत्रमा हौसला बढाउन लुम्बिनी प्रदेशको महिला भलिबल समूहलाई नगदसहित सम्मान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरप्रमुख रमणबहादुर थापाले रामपुरमा खेलका लागि विभिन्न पूर्वाधार निर्माणमा जोड दिइएको बताए । उनले नारी दिवसका अवसरमा महिला खेलाडीलाई सम्मान गरिएको भन्दै यसले खेलप्रति महिलालाई आकर्षित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नगरप्रमुख थापाले नगरभित्र दुईवटा कवर्डहल निर्माण भइरहेको भन्दै आगामी वर्ष भलिबल स्टेडियम निर्माणका लागि रू एक करोड विनियोजन गर्ने प्रतिबद्धता जनाए । क्षेत्रीयस्तरको रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिए पनि बजेट धेरै लाग्ने हुँदा स्थानीय तहले मात्र सम्भव नभएको उनले बताए ।
पछिल्लो समय खेलमा महिलाको आकर्षण बढ्दै गएको हुँदा प्रोत्साहन गर्दै यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा भलिबल खेलाडीलाई सम्मान गरिएको नगर उपप्रमुख बालकुमारी थापाले बताइन् ।
रामपुरमा हालै सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल टिमलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो । उक्त प्रतियोगितामा एपिएफ पहिलो, बागमती दोस्रो र लुम्बिनी तेस्रो भएको थियो । तेस्रोका लागि भएको खेलमा कोशी प्रदेशलाई सोझो सेटमा हराएर लुम्बनीले जित हासिल गरेको थियो ।
लुम्बिनीकी मीना सुनार खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । नगरपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिक, श्रमिक, कृषि, उद्यमी, पशुपालन, विभिन्न पेसा, व्यावसायमा आबद्ध महिला, महिला सञ्चारकर्मीलगायतलाई सम्मान गरिसकेको छ । आज विश्वभर ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं नजिकै भेटियो डाँफे जोडी
बैशाख १९, २०८१ बुधबार
साउन १ गतेदेखि पशुपतिको विद्युत शवदाह निःशुल्क हुने
बैशाख १९, २०८१ बुधबार
हेटौंडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले चार बजे बोलाए मन्त्रिपरिषद् बैठक, बजेट अधिवेशनबारे निर्णय हुने
बैशाख २०, २०८१ बिहिबार
धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु
बैशाख २०, २०८१ बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुतवासको आग्रह
बैशाख २०, २०८१ बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
बैशाख २०, २०८१ बिहिबार
आइपिएलमा आज सनराइजर्स र राजस्थान भिड्दै
बैशाख २०, २०८१ बिहिबार