सुन तस्करीमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १७:५१:३५
२७ फागुन, काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले सुन तस्करीमा संलग्न रहेको आरोपमा ८ जना भारतीयलाई पक्राउ गरेको छ । राजश्व अनुसन्धानले फागुन १८ गते नै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियाे ।
नेपालमा तस्करी भई आएको सुन भारतका तस्करसम्म पुर्याउने काम उनीहरुले गर्दै आएको बताइएको छ । उनीहरुलाई पक्राउ गरिएको विषयमा राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले पुष्टि गरेका छन् ।
शंकास्पद गतिविधि गरिरहेका केही भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको विभागले जनाएको छ । काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने बर्ष ४४ का अमिरूदिनले भाडामा लिएको र सो घरमा बसेका उनीहरुलाई विभागको टोलीले पक्राउ गरेको विभागले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिकहरू दिल्ली पश्चिम बिहार घर भएका बर्ष २३ का धुब्र शर्मा, दिल्ली कृष्ण बिहार घर भएका बर्ष २५ का प्रिन्स शर्मा, दिल्ली पश्चिम घर भएका बर्ष २२ का रोहित कश्यप, दिल्ली रोहिना ११००८५ ब्लक घर भएका बर्ष २३ दिपान्सु शर्मा लगायतका रहेका छन् ।
विभागले उनीहरूको मोबाइल लगायतका सामग्रीहरू परीक्षणका लागि पठाइएको छ । पक्राउ पर्नेहरू सुन तस्करीमा मुद्दा खेपिरहेका विमल पोद्धारसँग जोडिएको विभागको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
बैशाख २०, २०८१ बिहिबार
सुनको मूल्य २७ सयले घट्यो, तोलाको कति ?
बैशाख १९, २०८१ बुधबार
आज सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
सर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
खराब कर्जाले बैंकिङ क्षेत्र प्रभावित हुँदा सिटिजन्स बैंक भने खराब कर्जा घटाउन सफल
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार