मौसम परिवर्तनले बिरामी बढे, औषधि अभाव
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १७:४६:४२
बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ । जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढ्दै गएको अस्पतालका स्वास्थ्य सहायक खेमराज भट्टले जानकारी दिए ।
मौसमी ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका बिरामीको सङ्ख्या बढेको उनले बताए । यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित भएको उनले उल्लेख गरे । अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेको भट्टले जानकारी दिए ।
यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य सहायक मुकेशकान्त दयालले जानकारी दिए। पहिलाको तुलनामा आजभोलि ज्वरो, झाडापाखाला लगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव रहेको उनले बताए ।
मेलौली नगरपालिकाले औषधिका लागि बोलपत्र आह्वान गर्न नसक्दा औषधि अभाव भएको दयालले बताए । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि नभएको उनले बताए ।
केन्द्रमा औषधि नहुँदा बिरामी मर्कामा परेका छन् । मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् । यो समयमा प्रशस्त मात्रामा पानी पिउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउखुको जुस बेचेर मनग्य आम्दानी
जेठ १७, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
जेठ १७, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
फेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
जेठ १८, २०८१ शुक्रबार
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
जेठ १८, २०८१ शुक्रबार
ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि
जेठ १८, २०८१ शुक्रबार
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्द, अब नेपालले सिधै विश्वकप खेल्ने
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार