इलाममा सुन्तला उत्पादन घट्यो
नेपालबहस संवाददाता
फागुन ३०, २०८० बुधबार १५:२३:८
३० फागुन, इलाम । इलाममा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा चार मेट्रिकटन अर्थात् शून्य दशमलव १५ प्रतिशतले सुन्तला उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष दुई हजार सात सय ४० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष सुन्तलाखेती गरिने क्षेत्र घटेको छ । विभिन्न अज्ञात रोगका सङ्क्रमणका कारण सुन्तलाखेती हुने क्षेत्र घटेको हो । गत वर्ष दुई सय ८० हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकामा यस वर्ष दुई सय ७८ दशमलव पाँच हेक्टर क्षेत्रमा मात्र सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाबाट निकासी हुने प्रमुख कृषि उपजका रुपमा सुन्तलालाई लिने गरिन्छ । सुन्तलाको फूल खेल्ने र बटिला लाग्ने समयमा बेमौसमी वर्षा, असिनापानी र रोगकीराको समस्याका कारण सुन्तला उत्पादन घटेको रोङ गाउँपालिका–६ सलकपुरका किसान यामप्रसाद अधिकारीले बताए ।
गत वर्ष रु दुई लाख ५० हजारको सुन्तला बेचेकामा यस वर्ष रु एक लाख बराबरको मात्र उत्पादन भएको उनले बताए । “विगतका वर्षहरुमा बर्सेनि सुन्तला बिक्रीबाट रु दुई लाखदेखि रु दुई लाख ५० हजारसम्म कमाई हुन्थ्यो तर यस वर्ष रोगका कारण सुन्तला नै कम फल्यो”, उनले भने, “सुन्तला कम फलेकाले आम्दानी पनि घट्यो ।”
सुन्तलाको बोटबाट फूल फुल्ने बेलामा पात झर्ने, पहेँलो हुने र बिस्तारै जरा कुहिएर बोट नै मर्ने, फल पाक्ने बेलामा कीराको सङ्क्रमणबाट औसा परेर झर्ने समस्या देखिएपछि उत्पादनमा कमी आएको उनले बताए । बोट मर्ने तथा फलेको बोटमा समेत पाक्ने बेलामा दाना झर्ने समस्या सुन्तलाखेतीमा केही वर्षयता मुख्य चुनौतीका रुपमा देखिएको अर्का किसान देवराज खनालले बताए । “मेरो बगैँचामा सुरुमा ६० भन्दा माथि सुन्तलाका बोट थिए, रोगको सङ्क्रमणले अहिले बगानै नै सखाप बनायो”, उनले भने ।
सुन्तलाका बिरुवा रोपेको पाँचदेखि सात वर्षभित्रमा फल दिन सुरु हुन्छ । वयस्क सुन्तलाको बोटले करिब एक सय किलोसम्म उत्पादन दिने गरेको इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले बताए । सुन्तला किन्न व्यापारी बगैँचामा नै पुग्ने गरेकाले बिक्रीका लागि भने कुनै समस्या नरहेको उनको अनुभव छ । कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलो सातासम्म रहन्छ ।
सुन्तला उत्पादन बढाउन तीनै तहका सरकारले वास्तविक किसान पहिचान गरेर विशेष अनुदान र सहुलियतमा ऋण कर्जा उपलब्ध गराउनुपर्ने इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनाथ पौडेलले बतायो । गाउँका किसान समृद्ध भए मात्र देश समृद्ध हुने भएकाले किसानलाई समृद्ध बनाउन लाग्नुपर्ने उनको भनाइ छ ।
मुख्यगरी इलामको रोङ गाउँपालिकाको सलकपुर, माईजोगमाई गाउँपालिकाको नामसालिङ, सूर्योदय नगरपालिकाको कन्याम, पशुपतिनगर तथा इलाम नगरपालिकाको सुम्बेक, बरबोटे, सोयाक र गोदक क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । इलाममा उत्पादित सुन्तला झापाको चारआली, विर्तामोड, दमक तथा भारतको मिरिक, दार्जिलिड, सिलीगुडीलगायत विभिन्न क्षेत्रमा समेत निकासी हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
कैलालीमा तीन लाख ४० हजार पशु चौपायालाई खोप
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार