उमेर ढल्केसँगै ज्येष्ठ नागरिकमा दीर्घरोगको समस्या
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार ११:४२:४३
१ चैत, टीकापुर । ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ । पचहत्तर वर्ष उमेर लागेकी उनलाई ग्याष्ट्रिकको समस्याले सताएको छ । यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहनुपरेको उनी बताउँछिन्।
“चिसोमा पनि दमले सताउने, गर्मीमा पनि गाह्रो हुने गर्छ”, उनले भनिन्, “खानपानमा निकै ध्यान दिनुपर्छ । शरीर कमजोर हुँदै गएको छ । स्वास्थ्यमा पनि विभिन्न समस्या देखिने गरेका छन् ।”
कैलालीकै कृष्णादेवी सञ्याजललाई मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी समस्याले सताउने गरेको छ । “नियमित औषधि खान्छु, दीर्घरोगले सतायो”, उनी भन्छिन्, “ बुढेसकालमा हाम्रो स्याहारसुसार गर्न परिवारलाई पनि समस्या हुने गरेको छ ।” उमेर ढल्कँदै जाँदा मानिस शारीरिक रुपमा कमजोर हुँदै जान्छ । शारीरिक कमजोरी र उचित स्याहारसुसारको कमी र खानपान असन्तुलनले बुढेसकालमा विभिन्न खाले स्वास्थ्य समस्या देखा पर्दछन् । उनीहरू बुढेसकालमा ज्येष्ठ नागरिकलाई उचित स्याहार र परिवारको माया चाहिने बताउँछन् ।
अर्का ज्येष्ठ नागरिक शिव गौचनलाई पनि विभिन्न खाले रोगले सताएको छ । नियमित औषधि खानुपर्ने समस्या रहेको उनको भनाइ छ । “शरीरमा कहिल्यै आराम छैन, औषधिको सहारामा ज्यान बाचेको छ”, उनी भन्छन्, “शरीरमात्र होइन मन पनि उमेर ढल्कँदै जाँदा कमजोर हुने रहेछ ।”
टीकापुरकै मनबहादुर रावललाई पनि उच्च रक्तचापको समस्या रहेकाले नियमित औषधि सेवन गरिरहेका छन् । उनी सरकारले भत्ता उपलब्ध गराएर राम्रो गरिरहेको बताउँछन् । “म जस्ता नागरिकलाई सरकारले भत्ता उपलब्ध गराएर राम्रो काम गरेको छ”, उनी भन्छन्, “त्यही भत्ताले आफ्नो खर्च चलाउन पुगेको छ । सरकारले स्वास्थ्य बीमा गरिदिएर औषधि उपचारमा सहज भएको छ ।”
मोती ढोली पनि विभिन्न खाले स्वास्थ्य समस्याबाट ग्रसित हुन् । छोरा बुहारी भारतमा भएकाले उनलाई कामकाजमा समस्या हुने गरेको छ । असी वर्ष पुग्न थालेकी धना ढुङ्गानालाई मधुमेहका कारण बढी समस्या हुने गरेको छ । उमेर ढल्केसँगै हातखुट्टा दुख्नेलगायतका समस्याले सताएको छ ।
टीकापुरकै गजमति थारु पनि नियमित औषधि खान्छन् । गजमतिले घरमा सबै काम गर्छन् । कृपाराम सञ्जाललाई उच्च रक्तचापले असर गर्दा राम्ररी बोल्न समस्या हुने गरेको छ । दुई वर्षदेखि उनको स्वास्थ्यमा समस्या छ । छोराहरू रोजगारीका सिलसिलामा अन्य मुलुक रहेकाले बूढाबूढी मात्र बसिरहेका उनी बताउँछन् ।
ज्येष्ठ नागरिक अधिकांश दीर्घरोगको समस्या झेलिरहेका छन् । यस्तो बेलामा स्थानीय सरकारले उनीहरुको उपचार सहजताका लागि ज्येष्ठ नागरिक शिविर, स्वास्थ्य बीमाजस्ता कार्यक्रम गरिरहेको छ । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रबर्द्धन उपशाखा संयोजक बलबहादुर रावल पालिकाले नसर्ने जटिल रोग भएका ज्येष्ठ नागरिकलाई उपचार खर्चमा समेत सहयोग गरिरहेको बताए ।
“हामी ज्येष्ठ नागरिकका समस्यामा गम्भीर छौँ । हामीले उनीहरुलाई उपचारमा प्राथमिकता दिने गरेका छौँ”, उनले भने, “ज्येष्ठ नागरिकको मनोसामाजिक अवस्था बुझेर परिवारले स्याहार गर्न आवश्यक छ ।”
टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ६८ वर्षमाथिका चार हजार ६२१ र ६० वर्षमाथिका ज्येष्ठ नागरिक दलित ७४० जना छन् । ज्येष्ठ नागरिक एकल महिला ६० वर्षमाथिका ६२७ जना छन् । ज्येष्ठ नागरिकलाई उपचार र स्याहार मात्र होइन मनोसामाजिक रुपमा बलियो महसुस गराउन, उनीहरुलाई सामाजिक तथा व्यक्तिगत काममा सक्रिय बनाउने प्रयास हुनुपर्ने ज्येष्ठ नागरिकका अगुवा सरोज रेग्मीले बताए ।
“हामीजस्ता उमेर ढल्केकालाई पनि दैनिकी जीवनमा सक्रिय राख्नुपर्छ, जसका लागि परिवार महत्वपूर्ण हुन्छ”, उनी भन्छन्, “म सामाजिक काममा सक्रिय छु । यसले मानिसलाई ऊर्जावान बनाउँछ । मनमा उत्साह भएमा बुढ्यौलीले पनि हार्छ । मानिसले काम गरिरहेमा शरीर पनि फुर्तिलो हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव, माग धान्न हम्मेहम्मे
बैशाख २०, २०८१ बिहिबार
मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार जना लाभान्वित
बैशाख २०, २०८१ बिहिबार
खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
वित्तीय कारोबारमा कसूर देखिएको भन्दै चार बाणिज्य बैंकमाथि राष्ट्र बैंकले गर्यो कारबाही
बैशाख २०, २०८१ बिहिबार
कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक
बैशाख २०, २०८१ बिहिबार
मैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा
बैशाख २०, २०८१ बिहिबार