तेह्र वर्षीय बालकको कला : मादल बजाएरै पढाइ र घरखर्चको जोहो
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १५:५८:१८
१ चैत, तनहुँ । माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो । व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीय शिवशङ्कर बुढाले भने अतिरिक्त समयमा दोहोरी साँझमा मादल बजाएरै शिक्षण सामग्रीमात्र नभई घरखर्चको प्रबन्धसमेत गर्दै आएका छन् ।
आफ्ना बुवा कलाकार ४२ वर्षीय विश्व बुढामार्फत दुई वर्षअघि मादल बजाउने सीप सिकेपछि हिजोआज शिवशङ्करको अतिरिक्त समय व्यास–२ दमौलीस्थित मादिसेती दोहोरीसाँझमा मादल बजाएर बित्ने गर्दछ । व्यास–१४ केशवटार घर भई हाल व्यास–३ देउरालीनगरमा बस्दै आएका शिवशङ्करले पढाइका अलावा अतिरिक्त समयमा मनोरञ्जनका लागि आफूले दोहोरी साँझमा दैनिक करिब एक घण्टा मादल बजाएर पढाइ र घरखर्चको जोहो गर्दै आएको बताए ।
“विद्यालयको गृहकार्य सकिएपछि घरमा त्यसै बस्नुभन्दा थप सीप आर्जन गर्न कहिलेकाहीँ दोहोरी साँझमा मादल बजाउनसमेत जाने गर्दछु, बिदाको समय मिलाएर बुवासँग दैनिक एक घण्टा जति मादल बजाएर थप सीप आर्जन गरेको छु”, शिवशङ्करले भने, “बुवासँगै मादल बजाउने गर्दा थप सीप निखार्न मात्र नभई महिनाको रु १२–१४ हजार कमाउने गर्दै आएको छु ।”
दोहोरी साँझमा आउने ग्राहकले समेत आफ्नो प्रतिभा देखेपछि पुरस्कारस्वरुप हातमा रकम थमाउने गर्दा झनै हौसला मिल्ने गरेको शिवशङ्करको भनाइ छ । भविष्यमा आफू मादललगायत गीतसङ्गीतको क्षेत्रमा सक्रियरूपमा लाग्ने सोच बनाएको शिवशङ्करले बताए ।
उक्त दोहोरी साँझमा सांस्कृतिक संयोजकसमेत रहेका कलाकार विश्व बुढासँग बिदा र अतिरिक्त समयमा छोरा शिवशङ्करले बजाएको मादल दोहोरी साँझका ग्राहकले निकै मन पराउने गरेको दोहोरी साँझका सञ्चालक शुभद्रा श्रेष्ठले बताए ।
“बिदाको समयमा बुवासँगै साथ लागेर आउने शिवशङ्करले मादल बजाएको देख्दा सबै चकित पर्छन, थप सीप सिक्ने अवसरका रूपमा शिवशङ्करलाई सकारात्मक वातावरण बनाएको छ”, उनले भने, “शिवशङ्करले बजाएको देख्दा परिपक्व मादल बादकले बजाएको जस्तो महसुस हुने गर्छ ।”
आफूले मादल बजाएको देखेर छोराले समेत सिक्ने इच्छा व्यक्त गरेपछि बिदाको समय पारेर आफूसँगै दोहोरी साँझ र मेला महोत्सवमा समेत प्रयोगात्मक सीप सिकाउन लैजाने गरेको शिवशङ्करका बुवा विश्वले बताए । दमौलीमा फागुन २५ गतेदेखि तीन दिनसम्म जारी महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेलामा बिदाको समय पारेर शिवशङ्करले मादल बजाएर सबैको मन जितेको उनी बताउछन् ।
शिवशङ्करले ख्याली, झ्याउरे, टप्पा, रोइला, कौराह, सालैजो, सवला, मारुनी, सुगम सङ्गीत र अविलम विलम तालमा मादल बजाउन सिकेको बुवा विश्वको भनाइ छ । बालअधिकार हनन नहोस् भन्नेतर्फ आफू सचेत रहेकाले बिदाको भन्दा अन्य समयमा छोरा शिवशङ्करलाई पढाइमा नै केन्द्रित गराएको बुवा विश्वले बताए ।
“यो तालमा यसरी बजाउने भनेपछि छोराले सजिलै टिप्छ, उनको मादल बजाउने र सिक्ने क्षमता देखेर म पनि छक्क परेको छु”, मादलबादक विश्वले भने, “बिदाको दिन पारेर मादल बजाउन छोरालाई मसँगै दोहोरी साँझमा लैजाने गरेको छु, त्यसले गर्दा छोराको सीप विकाससँगै केही गर्न सक्छु भन्ने आत्मविश्वाससमेत बढेको मैले पाएको छु ।”
पढाइमा समेत अभिरुचि राख्ने शिवशङ्करले विद्यालयमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रममा निकै राम्रो मादल बजाएर सबैको मन जित्ने गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनालले जानकारी दिए । बुवा विश्व उक्त विद्यालयको कक्षा १२ का र छोरा शिवशङ्कर कक्षा ७ का विद्यार्थी भए पनि बाबु र छोराबीच साथीको जस्तो सम्बन्ध रहेको प्रधानाध्यापक खनालले बताए ।
“विद्यालयका हरेक सांस्कृतिक कार्यक्रममा शिवशङ्करले निकै राम्रो मादल बजाउने गर्छन्”, प्रधानाध्यापक खनालले भने, “सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा अहिलेको आवश्यकता हो भन्ने कुरा अहिले सबैतिर उठेको पाइन्छ, तर यसको ज्वलन्त उदाहरणका रूपमा शिवशङ्करको मादल बजाउने सीपलाई लिन सकिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ [ फाेटाेफिचर ]
जेठ १३, २०८१ आइतबार
डाँडामा लुकेको होमस्टे : चुलीबोझा मगर होमस्टे
जेठ १२, २०८१ शनिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक
जेठ १०, २०८१ बिहिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार