गुल्मीमा एक हजार पाँच सय परिवारले पाए निस्सा
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १६:४१:७
१ चैत, तम्घास 'गुल्मी' । गुल्मीमा एक हजार पाँच सय बढी परिवारलाई निस्सा वितरण गरिएको छ । जग्गाधनी पुर्जाका लागि आवेदन दिएकामध्ये ११ पालिकाका एक हजार छ सय ३० परिवारलाई निस्सा वितरण गरिएको हो ।
मुसिकोट नगरपालिकाका दुई सय ८०, कालीगण्डकी गाउँपालिकाका ३८, सत्यवतीका ६३, चन्द्रकोटका ७६ परिवारलाई निस्सा वितरण गरिएको छ । रुरु क्षेत्रका दुई सय ३०, छत्रकोटका एक सय ४३, गुल्मी दरबारका ३३, धुर्कोटका तीन सय ४८, इस्माका दुई सय २३, मालिकाका दुई सय ४४ र मदानेका ८३ परिवारलाई निस्सा वितरण गरिएको राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिए ।
आयोगले दिएको जानकारीअनुसार जिल्लाको रेसुङ्गा नगरपालिकामा निस्सा वितरणको काम भएको छैन । निस्सा वितरणका लागि सम्बन्धित पालिकाले विभिन्न निर्णय गर्नुपर्नेमा रेसुङ्गाले उक्त निर्णय नगरेका कारण निस्सा वितरण हुन नसकेको अध्यक्ष राममल्ल ठकुरीले बताउनुभयो । निस्सा वितरणमा ढिलाइ हुँदा जग्गधनी पुर्जा वितरणमा समेत ढिलाइ हुने ठकुरीले बताए ।
आयोगले हालसम्म पत्रकार सम्मेलन, राजनीतिक दलहरूसँग सर्वदलीय बैठक, विभिन्न अभिमुखीकरणलगायतका कार्यक्रम सम्पन्न गरेको जनाएको छ । आयोगले रुरुक्षेत्र, मुसिकोट र चन्द्रकोट गाउँपालिकामा जग्गा नापजाँचको कार्यसमेत सम्पन्न गरेको छ । आयोगले विभिन्न मापदण्डका आधारमा सम्बन्धित लाभग्राहीलाई जग्गा प्रदान गर्नेछ । गुल्मीमा कुल दुई हजार पाँच सय ९९ लाभग्राही रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरभित्र आजदेखि गरिब घरपरिवारको गणना सुरु, २०९ जना गणक परिचालन
चैत २५, २०८० आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार