सहसचिव र सीडीओ गरी १८ जनाको सरुवा, अध्यागमनमा पुगे निरौला
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १२:४२:११
६ चैत, काठमाडौं । गृह मन्त्रालयले सहसचिव र प्रमुख जिल्ला अधिकारी गरी १८ जना कर्मचारीकाे सरुवा गरेको छ । मन्त्रालयले ११ वटा जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको सरुवा गर्दै अध्यागमन विभागको महानिर्देशकमा कोष हरि निरौलालाई पठाएको छ ।
६ फागुनमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशक विहीन थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ ।
सरुवा भएका सीडीओहरूमा रामराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मीना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङ, सङ्खुवासभामा ध्रुबबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी र जाजरकोटमा ऋषिराज आचार्यलाई प्रमुख जिल्ला अधिकारी बनाइ पठाइएकाे छ ।
कमलराज ढकाल सहसचिवका रूपमा गृह मन्त्रालयमा सरुवा भएका छन् भने विभिन्न विभाग र कार्यालयहरूमा पनि नयाँ जिम्मेवारी तोकेर सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै प्रवेश पास पाइने !
बैशाख १६, २०८१ आइतबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनु’
बैशाख १४, २०८१ शुक्रबार
२८ सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार