नागढुङ्गा नाकाबाट ७ लाख मूल्य बराबरको सामान बरामद
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार २१:५९:५३
काठमाडौं । नेपाल प्रहरीले ठूलो परिणाममा भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख २०११ नं को यात्रुबाहक बस जाँचका क्रममा रु ७ लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बेवारिसे अवस्थामा कपडा भन्सार छलेर ल्याएको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले उक्त बसबाट कुर्ता सुरुवाल ३५५ थान, सल ११५ थान, सल १० सेट, टप्स कुर्ता ५६० थान बरामद गरेको छ । उक्त सामग्रीको बजार मूल्य रु ७ लाख २९ हजार रहेको प्रहरीले बताएको छ । बरामद भएको कपडालाई आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग पठाइने प्रहरीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार