चलचित्र, राजनीति र अभिनेता थापा
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार ८:१:२
१० चैत, काठमाडौं । नेपाली रंगमञ्चमा पुराना कलाकार हुन तीर्थ बहादुर थापा । अभिनेतादेखि निर्देशक र निर्माताका रुपमा पनि उनी परिचित छन् । मायाको बन्धन, सडक, आन्दोलन अञ्जुली लगायतका चलचित्र निर्देशनपछि उनी यस क्षेत्रबाट अलग भएजस्तै छन् । थापाले विगत १८ वर्षदेखि चलचित्रको कर्म गरेका छैनन् । उनलाई राजनीति प्रति चाख लाग्यो र नेपाल सांस्कृतिक संघ बनाएर यतै लागे ।
विसं २०६२/६३ को जनआन्दोलनमा चलचित्रकर्मीहरुकाे तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाले त्यसपछि नेपाल सांस्कृतिक संघको स्थापना गरे । पछिल्लो समय उनी कलाकारिता छाडेर राजनीतिमा सक्रिय छन् । थापालाई कलाकारितातिर फर्किन फुर्सद छैन ।
मैले फाट्टफुट्ट रुपमा अभिनय गरेँ । मैले निर्देशन गरेका चलचित्रले राम्रो प्रतिक्रिया पाए पनि व्यावसायिक रुपमा भने असफल भए । त्यो यात्रामा चलचित्रकर्मीलाई उपेक्षा भइरहेको देखेर संगठित भएर आवाज उठाउनु पर्छ भन्ने लाग्यो । त्यही भएर सांस्कृतिक संघको स्थापना गरेर त्यसको नेतृत्व गरे, उनले भने ।
बाल्यकालदेखि नै राजनीतिमा जोडिएका थापाले जनआन्दोलनमा चलचित्र क्षेत्रको प्रतिनिधित्व गरे । नेपाल सांस्कृतिक संघको स्थापना २०६२ सालमा गरिएको हो । तर यसको गतिविधिको सुरुआत भने २०५४ सालदेखि नै भएको थियो । सोही समयदेखि उनले लोकतान्त्रिक चलचित्रकर्मीलाई संगठित गर्दै आए । यद्यपि सुरुआती समयमा उनी एक्लै जस्तै थिए ।
‘म आन्दोलनमा एक्लै पुग्थे । स्कुले जीवनदेखि नै अधिकारका लागि आवाज उठाउने भएकाले नेता र राज्यलाई आफ्नो आवाज बलियो रुपमा सुनाउनु पर्छ भनेर यस क्षेत्रको उपस्थिति देखाउँथे । तर, मलाई राजनीति गर्यो भन्ने आरोप पनि लाग्ने गर्थ्यौं । विस्तारै ती अधिकारका आवाज हुन् भन्ने बुझेर चलचित्रकर्मी जोडिए । म बाल्यकालदेखि नै नेपाल विद्यार्थी संघसँग जोडिएकाले पनि लोकतान्त्रिक पार्टीले हाम्रो आवाज सुन्छ भन्ने लागेको हो, थापाले आफ्नो कथा सुनाए ।
अहिलेसम्म थापाले राजनीतिज्ञका रुपमा ठूलो अवसर पाएका छैनन् । चुनाव र प्रचारप्रसारमा मात्र आफूलगायतका कलाकार, संस्कृतिकर्मीको प्रयोग हुने गरेको उनी बताउँछन् । आफ्नो क्षेत्रको प्रतिनिधित्व पार्टीमा नभएको उनले बताए ।
पार्टीमा विद्यार्थी, तरुण, किसानलगायत नेतृत्वमा पुगेकाहरू छन् । उनीहरूको प्राथमिकतामा आफ्नै संगठनका व्यक्ति पर्छन् । हाम्रो उपस्थिति नभएर पनि हाम्रो आवाज बलियोसँग सुनिएको छैन, थापाले भने, म कांग्रेस महासमिति सदस्य भएँ । मैले केन्द्रीय सदस्यका रुपमा चुनाव लड्ने सोच पनि बनाए । तर, कुनै समूहबाट पनि संस्कृतिकर्मीका लागि सोचिएन । हामी चाहिँदा देखाउने र त्यसपछि थन्क्याइने गहना भयौँ ।
विश्वभर चलचित्रको माध्यमबाट पुराना घटनाक्रम वा राष्ट्रवादी व्यक्तिको योगदानलाई नयाँ पुस्तासम्म ल्याउने गरिएको छ । विशेषतः भारतमा पछिल्लो समय यस्ता चलचित्र बन्ने गरेका छन् । यद्यपि नेपालमा भने यो क्रम न्यून छ । बनेका चलचित्रले पनि दर्शकको साथ पाएका छैनन् । ऐतिहासिक विषयवस्तुलाई पर्दामा ल्याउँदा उचित अनुसन्धान र गृहकार्य नभई लगानीकर्ताका भरमा ल्याइएको बुझाइ थापाको छ ।
‘वीर गणेशमान’र ‘तीन घुम्ती’जस्ता चलचित्रसँग उनी सन्तुष्ट छैनन् । ती चलचित्र निर्माण गर्न पर्याप्त मेहनत नपुगेको उनको भनाइ छ । हामीले राष्ट्र निर्माणमा योगदान दिनुभएका व्यक्तिको कथालाई निकै सरल किसिमले ल्याइरहेका छौँ । नयाँ पुस्तालाई दर्शक बनाउने गरी मेहनत गरेको देखिएको छैन । ती चलचित्रहरू निर्माणका लागि मात्र बनेका छन, उनले भने ।
थापालाई त्यस्ता चलचित्र निर्माण गर्ने सोच नआएको पनि होइन । तर त्यसमा व्यक्तिगत भन्दा पनि राज्यको लगानी हुनुपर्नेमा उहाँको जोड छ । निजी स्तरबाट त्यस्ता चलचित्र निर्माण हुँदा व्यावसायिक जोखिम हुन्छ । त्यसैले त्यसलाई निर्माण गर्न राज्यले सघाउनुपर्छ । निर्देशकले व्यावसायिक दायित्व बहन नगरी काम गर्ने हो भने हाम्रा पुराना कथालाई ल्याउन सकिन्छ, उनले भने ।
उनी पछिल्लो समय राजनीतिसँगै चलचित्र कर्ममा सक्रियता बढाउने सोचमा छन् । उनले केही विषयलाई छनोट गरेर काम पनि सुरु गरेका छन् । तर, बढ्दो लागत र अपुग तयारीले गृहकार्यमै रहेको उनको भनाइ छ । मैले चलचित्र छाडेको दुई दशक हुन लाग्यो । प्राविधिकसँगै दर्शकको सोचमा पनि परिवर्तन आएको छ । बजारलाई अनुसन्धान गरेर मात्र म यस कर्ममा फर्किन्छु । तर, अब चलचित्र निर्माण गर्ने र अभिनय गर्ने इच्छा छ । त्यसतर्फ पनि लाग्छु, थापाले भने ।
उनले सांस्कृतिक संघलाई महासंघ बनाएका छन् । विधागत रुपमा सहभागिता बढेपछि बनेको महासंघमा नेतृत्व गर्ने कि अरूलाई जिम्मा लगाउने भन्ने प्रश्न उनीसामु आइरहन्छ । आफूले १८ वर्षदेखि दिँदै आएको संघको नेतृत्व अब अरूलाई सुम्पिने सोचमा थापा छन् । मैले यति लामो समय दिँदा संघकै साथीहरूलाई पनि मेरो सम्मानजनक रुपमा पार्टीमा स्थान होस् भन्ने लागेको छ । म पनि त्यही खोजिरहेको छु । आफैंले नेतृत्व गर्ने कि अरूलाई दिने । यसमा साथीहरूसँग छलफल गरिरहेको छु, थापाले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथली फिल्म ‘लेबर’ घोषणा
बैशाख २०, २०८१ बिहिबार
मेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
छैटौँ सातामा ‘महाजात्रा’ : ५१ औँ दिनतर्फ लम्किँदै
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार