यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी, ६ करोड बढीको क्षति
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १६:१०:३०
♦ सञ्जय मिश्रा
१३ चैत, रौतहट । रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडास्थित यामाहा कम्पनीको स्पेयर पार्ट शो रुम कुशवाहा ईन्टरप्राईजेजमा गएराती भएको आगलागी बाट ६ करोडको क्षति भएको छ ।
गरुडा स्थित चिनीमिल गेट अगाडि रहेको कुशवाहा ईन्टरप्राईजेजमा राती करिब १२ बजे आगलागी भएको थियो। सोमवार रौतहटमा होली पर्व मनाईएकाले बिहानै देखि उक्त पसल बन्द गरेर सञ्चालक दिलीप कुशवाहा होली मनाउन घर गएका थिए। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालका अनुसार पसल रहेको तीनतले घरबाट आगोको मुस्लो हेरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
विभिन्न ठाउँ बाट आएको दमकल, स्थानिय र नेपाल प्रहरी सशस्त्र प्रहरीको सक्रियतामा आज बिहान पौने तीनबजे आगलागी नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन्। पीडित सञ्चालक सञ्चालक दिलीप कुशवाहाका अनुसार सोरुममा रिपेयर गरी राखेको डेढ दर्जन मोटरसाईकल, ठूलो परिमाणमा यामाहा कम्पनीको सपेयर पार्ट्स पूर्ण रुपमा जलेर नष्ट भएको छ।
आगलागी बाट घरको नुकसानी समेत गरी ६ करोड भन्दा बढीको क्षति भएको पीडित कुशवाहाले बताएका छन्। सोही घरमा रहेको यामाहा मोटरसाईकलको शोरुम केहीदिन अघि मात्र अन्यत्र सारिएको थियो। डिएसपी खनालले जिल्लामै सब भन्दा ठूलो स्पेयर पार्टको शोरुम उक्त पसलनै रहेको थियो।
आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ। घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्तद्वारा तालाबन्दी
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार