किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
नेपालबहस संवाददाता
चैत १५, २०८० बिहिबार ११:४४:१४
१५ चैत, काठमाडौं । झण्डै एक महिनादेखि रोकिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीचको बोलचाल यो साता बाक्लिएको छ । दुई दिनयता, कांग्रेसका केही नेतासहित सभापति देउवा र प्रधानमन्त्री प्रचण्ड बीचको भेटवार्ता शङ्कास्पद र अर्थपूर्ण हुन थालेको छ ।
बिहीबार बिहान पनि कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न देउवा कांग्रेसका केही नेतासहित बालुवाटार पुगेका थिए । बिहानको भेटवार्तामा संवैधानिक परिषदको बैठकका विषयमा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले यही चैत १८ गतेका लागि संवैधानिक परिषदको बैठक आह्वान गरेका छन् । त्यस्तै संसद् र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उनको भनाई छ । तर, राजनीतिक बजारमा भने देउवा र प्रचण्डको भेटलाई लिएर विभिन्न शंका उपशंकाहरु उठिरहेका छन् ।
मंगलबार दिउँसो नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि सोही दिन राती १० बजे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । सवा ११ बजे देउवा बालुवाटारबाट निस्किएका थिए ।
यता, प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्लाई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको जानकारी दिए ।
आचार्यका अनुसार राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा देउवा पनि सकारात्मक छन् ।
आचार्यले भने, राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नराखौं, मिलेर अघि बढौं भन्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो । खासगरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टीआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू अघि नबढेकाले अब बढाऔं भन्ने लगायतका मुद्दामा प्रधानमन्त्रीले आग्रह गर्नुभयो र त्यसमा देउवाबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार