अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
नेपालबहस संवाददाता
चैत १६, २०८० शुक्रबार १३:६:४
१६ चैत, बागलुङ । बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास (होमस्टे)मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ ।
नेपालको कला–संस्कृति, मौलिक परम्परा, अर्गानिक खानाका परिकारले चर्चा पाएसँगै विदेशी पर्यटक चार वर्षदेखि निरन्तर भित्रिँदै आएका समितिका अध्यक्ष मुना थापामगरले बताए । उनका अनुसार घरबासमा आउने अधिकांश विदेशी पर्यटक विश्व अर्गनाइजेसनमा आबद्ध भएका आउने गरेका छन् ।
“अहिले घरबासमा अमेरिकाबाट आएका सात जना पर्यटक छन्, उनीहरु दुई दिन बसेपछि फर्कन्छन्, हामीले विदेशी पर्यटक बढ्न थालेपछि स्वगतका लागि नौमती बजा बजाउने गरेका छौँ”, अध्यक्ष थापाले भन्नुभयो, “अहिले जङ्गलमा गुराँस फुलेकाले गुराँसको फूलको मालाले पाहुनालाई स्वागत गर्दा पाहुना खुसी भएको पाएका छौँ ।” बागलुङका पर्यटन व्यवसायी महादेव शर्माले चार वर्षयता विदेशी पर्यटक ल्याउँदै आएको उनले बताए ।
अहिलेसम्म विश्व भेगन अर्गनाइजेसनमा आबद्ध विभिन्न देशका पर्यटक आँठौ समूह आइसक्नुभको भन्दै थापाले अधिकांश विदेशी दातृ निकाय तथा गैरसरकारी संस्थामा आबद्ध विदेशी यहाँ बास बस्न आउने गरेका उाले जानकारी दिए।
घरबास सञ्चालनमा ल्याएको एक दशक भए पनि आधिकारिकता भने सात वर्षअघि मात्रै पाइएको समितिका अध्यक्ष थापाले बताए । आन्तरिक पर्यटकले प्रायः घरबास खाली नहुने भएकाले पछिल्लो समय विदेशी पर्यटक बढ्न थालेपछि गुणस्तरलाई वृद्धि गरिँदै लगिएको उनको भनाइ छ ।
घरबास सञ्चालिका इन्द्रा थापाले भकुण्डे प्राकृतिकरुपमा सुन्दर हुनुका साथै यहाँ सञ्चालित घरबास मापदण्ड पूरा गरी निर्माण गरिएकाले विदेशी पर्यटक लालयीत हुन थालेका बताए । विदेशी पर्यटक सिधैँ यहाँ आउने अवस्था नरहने भन्दै पहिलोपटक चार वर्षअघि आएका पर्यटकले यहाँको वातावरण, दृश्य, खानपान र आतिथ्यताबाट प्रभावित बनेपछि यसले निरन्तरता पाएको उनको भनाइ छ ।
घरबासमा स्थानीय आलु, भटमास, मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक तथा खसी र कुखुराको परिकार चाख्न सकिन्छ । पन्ध्र घर रहेको अतिथि सत्कार घरबासमा एक रातमा एक सय पर्यटक बस्नसक्ने क्षमता छ ।
यहाँको मगर संस्कृति, अर्गानिक खानाका परिकार, आतिथ्यता, आरामदायी बस्ने व्यवस्था, पर्यटकीय उद्यान, भ्यूटावर, बराह ताल, प्राकृतिक सुन्दरतालगायत कारण विदेशी पर्यटक आकर्षित हुने गरेका पर्यटन व्यवसायी शर्माले बताए । आफ्नै सक्रियतामा विदेशी पर्यटकको आठौ समूह यहाँ आएको उनको भनाइ छ ।
“हामीले विश्व भेगन अर्गनाइजेसनमा आबद्ध संसारभरका पर्यटकलाई यहाँ ल्याउने अवसर पाइरहेका छौँ । परीक्षणका लागि ल्याइएका पर्यटकले यहाँको घरबास मनपराएपछि विदेशी पर्यटक आउने क्रमले निरन्तरता पाएको छ”, शर्माले भने, “बाह्य पर्यटक पाहुना भएर यहाँ पुग्छन् र सहयोगी भएर फर्कने गर्दछन् । उनीहरु घरबासका सञ्चालक सँगै काममा सघाउने गर्दछन् ।”
भकुण्डे जिल्ला सदरमुकाम बागलुङ बजारबाट नजिकै रहेको, भौगोलिकरुपमा रमणीय, आँखैअघि देखिने हिमाल, मगर संस्कृति, सुविधा सम्पन्न बसाई लगायतले विदेशी पर्यटक लोभिँदै आएका छन् । यहाँको पाहुना स्वागत तथा बिदाइ गर्ने शैली निकै फरक रहेको शर्माको भनाइ छ । यो सिजनमा घरबास पुगेका पाहुनाका लागि गुराँसको फूल तथा माला लगाएर नौमती बाजा बजाउँदै स्वागत गर्ने गरिएको उनले बताए ।
घरबासमा अमेरिकासँगै कोरिया, चीन, जर्मन र क्यानडालगायत देशबाट धेरैजसो पर्यटक आउने गरेका पर्यटन व्यवसायी शर्माले जानकारी दिए । बाह्य पर्यटकले घरबासमा अर्गानिक खानाका परिकारको स्वाद लिने, पर्यटकीयस्थलको भ्रमण गर्ने, यहाँको कला, संस्कृतिमा रमाउने, नाचगान गर्ने गरेका छन् ।
घरबास पुग्ने पर्यटक अधिकांश पदमार्गमार्फत बागलुङ बजारबाट भकुण्डे पुग्ने गरेका छन् । विदेशी पर्यटकलाई लक्षित गरी बागलुङ बजारबाट भकुण्डे र भकुण्डेबाट बौडैचौर हुँदै बौरसम्मको दुईदिने पदयात्रा मार्ग पहिचान गरिए पनि भकुण्डेबाट बोडैचौरसम्म पर्यटकलाई पु¥याउन नसकिएको शर्माको भनाइ छ । स्थानीय सरकारले पर्यटक भित्र्याउन पर्यटन पूर्वाधारमा ध्यान नदिएको भन्दै पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणमा तीनै तहका सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
लगानी सम्मेलन देखाएर सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न मिल्दैनः कांग्रेस
बैशाख १५, २०८१ शनिबार
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इलाममा अहिलेसम्म ४९ हजार मत खस्यो
बैशाख १५, २०८१ शनिबार
सरकारका कारण संसदीय भूमिका कमजोर भयोः सभामुख
बैशाख १५, २०८१ शनिबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार