वैशाखको पहिलो साता दुई एआईजी घर जाँदै, दुई डीआईजीको बढुवा हुँदै
नेपालबहस संवाददाता
चैत १८, २०८० आइतबार १३:५२:२६
१८ चैत, काठमाडौं । सरकारले नेपाल प्रहरी ऐन २०१२ प्रतिस्थापन नगर्दै माथिल्लो तहका प्रहरी अधिकारीहरू घर जान लागेका छन् । उमेर हदका कारण उनीहरू अनिवार्य अवकाशका जान लागेका हुन् ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मीरा चौधरी अबको २० दिनपछि अनिवार्य अवकाशको मुखमा पुगेका छन् । उनीहरु एआईजीको उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । २०५१ चैत ५ गतेदेखि प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा सुरु गरेका भण्डारी र चौधरी एकसाथ अवकाशमा जान लागेका हुन् ।
उनीहरू वैशाख ५ र ७ गते एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका हुन् । प्रहरी नियमावली अनुसार एआईजीको पदावधि ५ वर्ष राखिएको छ भने उमेर हदका आधारमा ५६ वर्षमा अवकाश तोकिएको छ । उनीहरू उमेर हदका आधारमा अवकाशमा जान लागेका हुन् ।
एआईजी भण्डारीको जन्ममिति २०२५ वैशाख ५ र चौधरीको सोही महिनाको ७ गते रहेको छ । उनीहरुबोहक डीआईजी विकाशराज खनालसमेत वैशाख ७ मै अवकाश जाँदैछन । उनी पनि डीआईजीको ५६ वर्षे उमेर हदकै कारण अवकाशमा जान लागेका हुन् । उनको समेत २०२५ वैशाख ७ जन्ममिति छ । एआईजी भण्डारी प्रहरी प्रतिष्ठान महाराजगञ्ज र मीरा प्रशासन विभाग प्रमुख छन् ।
त्यस्तै डीआईजी खनाल गण्डकी प्रदेश प्रहरी प्रमुख छन् । उनीहरुलाई किताबखानाले अवकाशको पत्र पठाइसकेको छ । त्यसैगरी डीआईजी सुरेन्द्र प्रसाद मैनाली पनि जेठको पहिलो साता घर जाँदैछन् । उनी जेठ १० गते अनिवार्य अवकाशमा जान लागेका हुन् । एकेडेमीका डीआईजी उमेशराज जोशीले असार १९ गते अवकाश पाउँदैछन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेका पोषराज पोखरेलले असार २१ गते अनिवार्य अवकाश पाउँदैछन् ।
वैशाख ७ गते रिक्त रहने दुई एआईजीमा भने जोशी र पोखरेल नियुक्त हुने संभवना रहेको छ । मैनाली तुरुन्तै घर जाने भएकाले उनलाई सरकारले तत्काल एआईजी नबनाउने संभावना रहेको छ । उनी भने एक महिने एआईजीका लागि दौडधुप गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
दही र मोहीलाई प्रोत्साहन गर्न इच्छाकामनामा ‘कोल्डड्रिङ्स’ निषेध
बैशाख २४, २०८१ सोमबार
पार्टी विभाजनको हल्ला चलेपछि तीन कमिटीको बैठक सारेर दलको बैठकमा छलफल गर्दै नेकपा एस
बैशाख २४, २०८१ सोमबार
कुवेत पुर्याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ
बैशाख २४, २०८१ सोमबार
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
फ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
बैशाख २४, २०८१ सोमबार