बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १३:५२:३०
२० चैत, बागलुङ । बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म १२ दुर्घटना भएका छन् । त्यसमा ४८ जना घाइते भएका छन् । आव २०७८/७९ मा २३ सवारी साधन दुर्घटना भएका थिए । उक्त दुर्घटनामा ११ जनाको ज्यान गएको थियो भने २९ जना घाइते भएका थिए । गत आव २०७९/८० मा २० दुर्घटना भएका थिए ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए । तीन वर्षको तथ्याङ्क हेर्दा हरेक वर्ष दुर्घटना झिनो सङ्ख्यामा घटे पनि मृत्यु र घाइते हुनेको सङ्ख्या भने बढिरहेको छ । पछिल्लो तीन वर्षमा बागलुङमा दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएका छन् भने एक सय १० जना घाइते बनेका छन् ।
यस अवधिमा ५५ दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ४९ सवारी साधनमा क्षति पुगेको छ । ट्राफिकले अटेरी गर्ने तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने ३८ हजार छ सय १६ सवारी साधनलाई कारबाही गरी रु दुई करोड ६९ लाख तीन हजार राजस्व सङ्कलन गरेको छ ।
बर्सेनि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको ट्राफिक प्रमुख निउरेको भनाइ छ । उनले चालकको लापरबाही र अप्ठ्यारा सडकका कारण दुर्घटना हुने गरेको बताए । दैनिक ग्रामीण सडकमा सयौँ सवारी साधन गुड्ने तर ती सडक व्यवस्थित नहुँदा बढी दुर्घटना हुने गरेको उहाँ बताउनुहुन्छ । तीन वर्षको तुलनामा यस वर्ष थोरै दुर्घटना भए पनि मृत्यु र घाइते हुनेको सङ्ख्या बढी रहेको निउरेको भनाइ छ ।
उनले भने, “दुर्घटना न्यूनीकरणका लागि हरेक नागरिक सजक हुनुपर्छ, चालक जिम्मेवार, यात्रु अनुशासित भयो भने दुर्घटना निकै कम हुने थियो, हामीहरु दुर्घटनालाई न्यूनीकरण गर्न बिहान उठेदेखि रातिसम्म सडकमै हुन्छौँ, कहिलेकाहीँ चालकले लापरबाही गर्दा गम्भीर दुर्घटना हुने गरेका छन्, सबैभन्दा बढी त गाउँका सडकमा दुर्घटना हुने गरेका छन्, सडक साँघुरा छन्, त्यसमाथि सवारी चालकले क्षमताभन्दा बढी यात्रु बोकेर हिँड्छन्, यसमा अन्य सरोकारवाला पनि गम्भीर हुन जरुरी छ ।”
ग्रामीणसँगै राष्ट्रिय राजमार्गमा पनि ठूला–ठूला दुर्घटना हुने गरेका छन् । यही चैत ६ गते पश्मिच रुकुमबाट काठमाडौँका लागि छुटेको बस बागलुङको निसीखोलामा दुर्घटना भयो । दुर्घटनामा सातजनाले घटनास्थलमै र दुईजनाले अस्पतालमा ज्यान गुमाए । दुर्घटनामा परी २६ जना घाइते भए । घाइतेमध्ये अधिकांश अहिलेसम्म निको भएका छैनन् । दुर्घटनाका कारण भने चालकको लापरबाही रहेको निष्कर्ष छ । दुर्घटना रोक्नका लागि ग्रामीण सडकलाई व्यवस्थित बनाउन जरुरी रहेको यातायात व्यवसायी शेरबहादुर विक बताउँछन् ।
उनले साँघुरा र अप्ठ्यारा सडकमा दैनिक सयौँ सवारी तथा मालवाहक गाडी गुड्ने गरे पनि वर्षौंअगाडि ‘ट्र्याक’ खुलेका सडकको अहिलेसम्म पनि स्तरोन्नति हुन नसकेको बताए । बर्सेनि दर्जन नागरिकले दुर्घटनामा ज्यान गुमाउँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ । ग्रामीण सडकमा ट्राफिक नपुग्दा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको विक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसधैँ भाइरल रहने 'भेलुबाजे' को निधन
बैशाख २१, २०८१ शुक्रबार
सेतीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला
बैशाख २०, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बैशाख २०, २०८१ बिहिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार