पशुपन्छी स्वास्थ्य शिविरबाट दुई हजार किसान लाभान्वित
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १३:४३:२४
२१ चैत, गोरखा । पालुङटार नगरपालिकाले सञ्चालन गरेको निःशुल्क पशुपन्छी स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब दुई हजार किसान लाभान्वित भएका छन् ।
नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वडावडामा सञ्चालन गरेको शिविरबाट नगरक्षेत्रभित्रका एक हजार आठ सय ५९ किसान लाभान्वित भएको नगरपालिकाको पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले जानकारी दिए ।
शिविरमा किसानले पाल्दै आएका पशुपन्छी र घरपालुवा जनावरमा आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि उपचारका गर्नाका साथै बिरामी पशुपन्छीको उपचार गरिएको हो । पशुपन्छीहरुमा आन्तरिक तथा बाह्य परजीवीका कारण २५ प्रतिशतसम्म उत्पादनमा कमी आउने उनको भनाइ छ ।
“नगरपालिकाभित्र बढी पशुपन्छी पालन गरिएका क्षेत्रलाई लक्षित गरी विभिन्न १० स्थान छनोट गरी शिविर सञ्चालन गरिएको थियो”, नगरपालिकाका पशु चिकित्सक डा सुरज मरहट्टाले भने, “शिविरमा उपचारका लागि आफ्ना पशुवस्तु ल्याउनका प्रत्येक वडामा एक हप्ताअघि सूचनामार्फत प्रचारप्रसार गरी शिविर सञ्चालन गरिएको हो ।”
शिविरमा पशुमा देखिएका समस्याको पहिचान, सामान्य शल्यक्रिया, गोरु, बोकाहरुको बन्ध्याकरण गर्नाका साथै कुकुर, बिरालोमा एन्टीरेविजविरुद्धको खोप लगाइएको उनले बताए । त्यस्तै, किसानलार्ई आफ्ना घरपालुवा पशु र पन्छीमा लाग्नसक्ने रोग, रोगको पहिचान तथा प्राथामिक उपचारमार्फत निराकरण गर्न सकिने उपायलगायत बारेमा समेत जनचेतना प्रदान गरिएको डा. मरहट्ठाको भनाइ छ ।
शिविरमार्फत नगरक्षेत्रभित्र रहेका करिब १७ हजार गाईगोरु, बोकाबाख्रा, राँगाभैँसी, बङ्गुरलगायत पश र नौ हजारभन्दा बढी पन्छीलाई निःशुल्क औषधि वितरण गरिएको उहाँले बताउनुभयो । त्यस्तै, शिविर सञ्चालन गरी दुई सय ५० भन्दा बढी घरपालुवा तथा सामुदायिक कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाइएको नगरपालिकाले जनाएको छ ।
शिविरमा वडा नं १ मा एक सय २७, वडा नं २ मा दुई सय, वडा नं ३ मा एक सय, वडा नं ४ मा एक सय तीन, वडा नं ५ मा ९६, वडा नं ६ मा एक सय ७५, वडा नं ७ मा एक सय ९७ र वडा नं ८ मा दुई सय १० किसान लाभान्वित भएका छन् । त्यस्तै, वडा नं ९ मा एक सय ६७ र वडा नं १० मा एक सय ६१ किसानले शिविरबाट लाभ लिएको उनको भनाइ छ । विभिन्न वडामा गरी तीन सय २३ किसानले आफ्ना घरपालुवा कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको खोप लगाएको नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
कैलालीमा तीन लाख ४० हजार पशु चौपायालाई खोप
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार
वैशाख २६ गते चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
बैशाख २१, २०८१ शुक्रबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार