अझै २० वर्षसम्म नेतृत्वका लागि कसैले नच्याए हुन्छः ओली
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १६:१५:४
२३ चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष पार्टीको नेतृत्वमा रहने भन्दै यो अवधिसम्म कसैलाई आस नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको २० वर्ष पार्टीको नेतृत्वमा रहेर देशमा राजनीति गर्ने बताए । ओलीले सुशासन र विकासको बाटोमा देशलाई लैजान आफू अझै २० वर्ष राजनीतिमा रहने बताए ।
आफू अझै २० वर्ष सक्रिय राजनीतिमा रहने घोषणा गर्दै ओलीले भने, ‘कसैले एमालेबिनाको नेपाल भने । कसैले केपी ओली बिनाको एमाले भने, दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । पोहोर परार मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ । रोपेको होइन आफैं पलाउन थालेको छ । २० वर्ष जति अरू कसैले आस नगरे पनि हुन्छ ।’
उनले कांग्रेस र माओवादीको गठबन्धन आफैंले तोडेको बताए । विदेशीको इसारामा गठबन्धन तोडिएको आरोप लागिरहेका बेला उनले देशभित्रैबाट गठबन्धन तोडेको बताएका हुन् । ‘हामी मिसन ८४ भनेर अघि बढिरहेका छौँ । एउटा गठबन्धन तोड्दियौँ,’ उनले भने, ‘गठबन्धन विदेशीले होइन हामीले फुटाएका हौँ । यो समीकरण बनाउन हामी सक्थ्यौँ, हामीले नै बनाएका हौँ । ’देशलाई सही बाटोमा ल्याउन अझै २० वर्ष सक्रिय राजनीति गर्छु ।’
उनले नेकपा एमाले अहिले नयाँ समीकरणको सरकारमा पार्टी आफ्नाआफ्ना रहेको र पार्टीका आफ्नाआफ्ना नीति भएको बताए । पार्टीका आ–आफ्ना उद्देश्य छन् । आफ्ना उद्देश्य नछोडिकन, आफ्ना नीति नछोडिकन अहिलेको अवस्थामा सरकारमा सँगै बसेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने, अपसंस्कृति र सांस्कृतिक अधोपतनलाई फेरि सुबाटोमा फर्काउनुपर्ने अभिभारा आफूमा रहेको ओलीले बताए ।
अध्यक्ष ओलीले अघि भने, ’कसैले एमाले बिनाको नेपाल भने त कसैले केपी ओली बिनाको नेपाल भनेर सोचे । तर अब त्यस्तो नसोचे पनि हुन्छ– मैले पोहोर परार भनेको थिएँ, जुँगा अलि काला– काला हुन थाले भनेर । मेरो कपाल सबै झरेको थियो, अहिले पलाउन थालेको छ । यो रोपेको होइन, आफैँ पलाउन थालेको हो । अझै २० वर्ष जति अरु कसैले आश नगरे पनि हुन्छ । नेकपा एमाले र यस देशलाई ठिक बाटोमा अघि बढाएर यस देशबाट गरिबी हटाएर, भोकमरी हटाएर, अनि मात्रै नेकपा एमालेले अलिकति चौतारीमा बसेर सुस्केरा हाल्ने समय पाउँछ ।’
उनले सबैले सरापे पनि आफ्नो नेतृत्वमा एमाले झन् बलियो बन्दै गइरहेको टिप्पणी गरे । उनले ०८४ को निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने गरी अहिलेदेखि संगठन निर्माणमा परिचालित हुन समेत नेता कार्यकर्तालाई निर्देशन दिए । नयाँ सत्ता समीकरणमा एमाले पनि रहेको र पार्टीका आफ्ना उद्देश्य र नीति नछोडिकन राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने, सुशासन र विकासको बाटोमा देशलाई लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार