दाङका किसानलाई हिउँदे बाली भित्र्याउने चटारो
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १३:३६:५
२५ चैत, दाङ । अहिले गर्मीको मौसम छ । कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मसुरोलाई दाइँ लगाइ रहेका छन् भने कोही टाउकोमा बोकेर तोरी घरतर्फ ल्याइरहेका देखिन्छन् । अहिले यो दृश्य यहाँका खेतबारीमा काम गर्ने किसानको हो । उनीहरुलाई यतिबेला तोरी, गहुँ, मसुरो, चनालगायत हिउँदे बाली भित्र्याउन चटारो परेको छ ।
यसपटक दाङमा हिउँदमा खासै पानी परेन । अहिले खेतमा गहुँ, चना, मसुरो पाकेकाले काट्न सुरु गरिएको दङ्गीशरण गाउँपालिका–३ की ४२ वर्षीया मैती चौधरीले बताए । उनले भने, “बाली भित्र्याउने बेला पानी पर्छ कि भन्ने डरले चर्को गर्मीमा पनि बाली भित्र्याउने हतार छ । पानी परेर भिज्यो भने वर्षभरिको मेहनत खेर जान्छ ।” उनले दुई बिगा जमिनमा गहुँ, एक बिघामा हिउँदे तोरी, १० कठ्ठामा मसुरो र पाँच कठ्ठामा चना खेती गरेको बताए ।
तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीकी ४५ वर्षीया सरस्वती कुवँरले केहिले बादल, कहीले गर्मी भइराखेको भन्दै एक्कासी पानी प¥यो भने खेतबारीमा उत्पादन भएको अन्नबाली नष्ट हुने बताए। पानी पर्यो भने बाली स्याहार्न समस्या होला भनेर दिनभरि खेतमा काम गरिरहेको उनले बताए । “बाली भित्र्याउने बेलामा एक्कासी पानी प¥यो भने नोक्शानी हुन्छ । त्यसैले हतारमा बाली भित्र्याइरहेका छौँ”, उनले भने ।
केही दिनदेखि यहाँको मौसममा बदली भई बादल लाग्ने र घाम लाग्ने भइरहेको छ । हिउँदभरि स्याहार गरेर जोगाएको अन्न पानी परेपछि कुहिने हो की भन्ने डर रहेको तुलसीपुर–६ की प्रमिला चौधरीले बताए । “हाम्रो छ महिनाको मेहिनत हो । पानी परे कुहिन्छ की भन्ने डर पनि छ”, उनले भने ।
दाङ तोरी उत्पादनका हिसाबले उत्तम जिल्ला मानिन्छ । जिल्लामा दुई सिजनमा तोरीखेती गरिँदै आइएको छ । करिब १७ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने दाङमा वर्षेनी २५ हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुने गर्छ । जिल्लामा हाल दङ्गीशरण, शान्ति नगर र बवइलगायतमा तोरी उत्पादन हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार जिल्लामा १२ हजार हेक्टरमा गहुँ खेती हुँदा ३० हजार मेट्रिकटनको हाराहारीमा उत्पादन हुन्छ भने २७ हजार छ सय हेक्टर जमिनमा मसुरो खेती हुँदा २० हजार एक सय मेट्रिकटन उत्पादन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरासायनिक विषादीको प्रयोग घटाउन 'आईपीएम' कृषक पाठशाला
बैशाख २१, २०८१ शुक्रबार
सुन्तला बेचेर म्याग्दीमा २१ करोडभन्दा बढी भित्रियो
बैशाख २०, २०८१ बिहिबार
कैलालीमा तीन लाख ४० हजार पशु चौपायालाई खोप
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार