एप्पलले निकाल्यो ६ सयभन्दा बढी कर्मचारी
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १५:४१:२
२५ चैत, काठमाडौं। अमेरिकी कम्पनी एप्पलले आफ्ना ६ सयभन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । कार र स्मार्टवाच डिस्प्ले प्रोजेक्ट बन्द गरेपछि कम्पनीले त्यसमा काम गर्ने कर्मचारीलाई निकालेको हो । ब्लूमबर्गका अनुसार एप्पलले क्यालिफोर्नियाको रोजगार विकास विभागलाई दिएको ८ वटा छुट्टै फाइलिङमा यो जानकारी दिएको हो ।
कम्पनीले नेक्स्ट जेनेरेशन स्क्रिन डेभलपमेन्ट प्रोग्राममा गोप्य स्थानमा काम गर्ने ८७ जना र कम्पनीको कार परियोजनामा संलग्न व्यक्तिलाई बर्खास्त गरेको प्रतिवेदनमा उल्लेख छ । क्यालिफोर्नियाका नियमहरू अनुसार, कर्मचारीहरूलाई असर गर्ने प्रत्येक निर्णय रोजगार विभागलाई सूचित गर्नुपर्छ ।
रिपोर्टका अनुसार क्यालिफोर्नियाको सान्ता क्लारामा रहेको एप्पलको मुख्य कार्यालयसँग सम्बन्धित कार्यालयमा रहेका ३७१ कर्मचारीबाहेक अन्य धेरै स्याटेलाइट अफिसमा कर्मचारीलाई निकालिएको छ । यससँगै कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स र पर्सनल रोबोटिक्स विभागमा धेरै व्यक्तिलाई सरुवा गरिएको छ । यी आयोजनाहरु बन्द हुँदा करिब २ हजार कर्मचारी प्रभावित भएका छन् । एप्पलले १० वर्ष काम गर्यो तर कारको प्रोटोटाइप पनि बनाउन सकेन।
हालै एप्पलले आफ्नो १० वर्ष पुरानो कार प्रोजेक्ट बन्द गरेको छ । कम्पनीले गत दशकमा यस परियोजनामा अर्बौं डलर लगानी गरे, तर त्यो समयमा भौतिक प्रोटोटाइप पनि तयार गर्न सकेन ।
कम्पनी पूर्ण रूपमा स्वचालित र भ्वाइस कमाण्डमा चल्ने कार बनाउन चाहेको थियो । यसका लागि २०१५ मा सुरु भएको यो आयोजनामा अर्बौं लगानी भएको थियो । यो परियोजना सफल भएको भए कम्पनीले एक लाख डलरको मूल्यमा सन् २०२८ सम्ममा कार लन्च गर्ने योजना बनाएको थियो ।
एप्पलले आफ्नो पहिलो ईभीको लन्च मिति २०१९, २०२०, २०२६ र २०२८ मा रिसेट गरेको थियो । प्रतिवेदनका अनुसार कम्पनीको बोर्डले सीईओ टिम कुकलाई चाँडै आयोजनाको ठोस योजना बनाउन वा परियोजना बन्द गर्न दबाब दिइरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
मस्क टेस्लाका ६ हजारलाई कर्मचारीलाई बर्खास्त गर्ने तयारीमा
बैशाख १९, २०८१ बुधबार
टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान
बैशाख १७, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार