कांग्रेसले छाडेन गृहमन्त्रीमाथि छानविन हुनुपर्ने अडान
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १५:४१:३
२६ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान हुनुपर्छ भन्ने अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बोलाएको दलका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठकबाट कुनै निर्णय नगरी नेताहरु हिँडेका छन् । संसद्मा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए ।
प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि बिना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्रीमाथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । यस विषयमा अरु नेताले पनि थप छलफल गर्न चाहेनन् ।
कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसले अडान नछाडेको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए । एमालेले राजनीतिक पूर्वाग्रहमा आधारित छानविन समिति बन्न सक्दैन र त्यो जायज नभएको बताएको थियो । संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प एमालेले उठाएको थियो । तर, कांग्रेसले मानेन् ।
बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको बताए । अहिलेसम्म कांग्रेसले सदाशयतापूर्वक प्रस्तुत भए पनि अब सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
’अहिलेसम्म हामीले संसद्लाई अवरुद्ध गरेका छैनौँ । सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदै छ । सरकार यतिका नागरिकको विचल्ली भएको छ, त्यसप्रति संवेदनशील/गम्भीर हुन सकेको छैन । हामीले संसदीय छानबिन समितिको न्यूनतम माग्दा पनि सरकार तयार नभएकाले अब संसद्मा कुनै बैठक र कामकारबाही अवरुद्ध भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ,’ प्रमुख सचेतक लेखकले भने ।
छलफलमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र कांग्रेस प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । त्यस्तै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला बैठकमा सहभागी थिए। रास्वपाबाट भने गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए । त्यस्तै माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र प्रमुख सचेतक हितराज पाण्डे बैठकमा उपस्थित थिए ।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ । कांग्रेसले सहकारी प्रकरणमा छानबिन समिति नबनाए सदन अवरुद्ध गर्न सक्ने चेतावनी दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार