कांग्रेसको अल्टिमेटम आज सकिँदै, के हुन्छ संसदमा ?
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १०:३२:४८
२७ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविनका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै प्रतिनिधि सभा बैठकमा दिएको दिएको समय आज सकिँदैछ । । तर, सरकारले भने यो समिति नबनाउने बताइरहेको छ । कांग्रेसले सरकारलाई आजसम्मको अल्टिमेटम दिएर संसदीय समिति बनाउन माग गरेको थियो । कांग्रेसले अल्टिमेटम आज सकिँदैछ । कांग्रेस आफ्नो अडानबाट पछि नहटेको कांग्रेस नेताहरूले बताइसकेका छन् ।
प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजे बोलाइएको छ । उप प्रधानमन्त्री एवमं गृह मन्त्री रवी लामिछानेले राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन । यो प्रस्ताव पेश गर्न उनलाई रोष्टममा जान नदिने कांग्रेसको नीति छ । सभामुख देवराज घिमिरेले गतिरोध हटाएर संसद्लाई सहज रूपमा कामकारबाहीमा फर्काउन सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरूलाई सँगै राखेर सोमबार पहल गरेका थिए । तर यसबाट पनि कुनै निकास निस्कन नसकेपछि नीति निर्धारण र तथा कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो संसद् राजनीतिक खिचातानीमै रुमल्लिने संकेत देखिएको छ ।
सहकारी बचतकर्ताको रकम अपचलनमा नाम जोडिए पनि रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समीकरणमा उपप्रधान तथा गृहमन्त्री बनाएका थिए । त्यसलगत्तै कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै संसदीय समितिको माग गर्दै आएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति सामान्य अभ्यासभित्र पर्ने भएकाले पार्टी यसबाट पछि हट्न नसक्ने बताए ।
कांग्रेसले निरन्तर संसद् अवरोध गर्ने नीति बनाएमा सत्तापक्ष केही दिनभित्रै हिउँदे अधिवेशन अन्त्य गरेर वर्षे अधिवेशनको तयारीमा जुट्ने मनस्थितिमा छ । संसदीय छानबिनकै मागलाई हेर्ने दृष्टिकोणमा कांग्रेसभित्रै पनि एकमत छैन । सभामुख घिमिरेले बोलाएको बैठकमै प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवालाई तपाईंको बटमलाइन संसदीय समिति नै हो भनेर प्रश्न गरेका थिए । तर, देउवाले यस विषयमा मौनता साधेका थिए । प्रधाननमन्त्रीले मंगलबारको हाउस चल्न दिन आग्रह गरेका थिए ।
सरकार संसदीय समिति बनाउन नचाहने र कांग्रेस पनि ब्याक नहुने अवस्था छ । सुन तस्करी प्रकरणमा पनि नेकपा एमालेले निरन्तर संसद अवरोध गरेर संसद बैठकलाई बन्धक नै बनाएको थियो । कांग्रेस त्यो हदसम्म पुगेको छैन् । तर, आजको बैठकमा प्रतिष्ठाको जुधाइहुने देखिएको छ । कांग्रेसले सुरुमै संस अवरोध गर्ने नीति लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार
सरकारविरुद्ध सदन र सडकमा उत्रियो कांग्रेस, १३ गते काठमाडौंमा प्रदर्शन गर्ने
जेठ ९, २०८१ बुधबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार