गुरुङहरुले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाउदै
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १४:२५:२९
२७ चैत, गण्डकी । यहाँका गुरुङहरुले आज हर्षबढाइँका साथ ट्होटेँ पर्व मनाइरहेका छन् । बर्सेनि चैत र साउनको अन्तिम मंगलबार गुरुङ 'तमु' समुदायमा यो पर्व मनाइन्छ । परापूर्वकालमा तमु राज्य जोगाउन बैरीलाई सीमा कटाएको सम्झनास्वरुप ट्होटेँ पर्वको सुरुआत भएको तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङले बताए ।
उनका अनुसार गुरुङ भाषामा ट्हो भनेको राज्य वा गाउँबस्ती र टेँ भनेको राज्यलाई दुःख दिने शत्रुबैरीलाई सीमा नघाएर राज्य सुरक्षित गरेको अर्थमा लिइन्छ । “कबिला कालदेखि नै तमु 'गुरुङ'का स-साना राज्य रहेको र त्यहाँबाट बैरी धपाउन ट्होटेँ पर्वको प्रचलन बसेको मान्यता गुरुङ समुदायमा छ”, अध्यक्ष गुरुङले भने । यो पर्व प्रकृति र संस्कृतिसँग जोडिएको उनको भनाइ छ । यस दिनमा गुरुङहरुले प्रकृति पूजा गर्ने चलन छ । मौलिक सांस्कृतिक पर्वका रुपमा उनीहरुले ट्होटेँलाई मनाउँदै आएका छन् ।
पूर्खाको इतिहाससँग जोडिएको ट्होटेँ पर्वलाई विसं २०५२ देखि व्यवस्थित रुपमा मनाउन थालिएको अध्यक्ष गुरुङले बताए । तमुवान क्षेत्रका विभिन्न ठाउँबाट पोखरा झरेका गुरुङहरुले ट्होटेँलाई संरक्षण गरेका हुन् । कास्कीको पोखरासहित र आसपासका जिल्लाका गुरुङ बाहुल्य बस्तीमा यो पर्वलाई हर्षोलासका साथ मनाउने गरिएको अध्यक्ष गुरुङको । चैतमा उभौली र साउन उद्यौलीका रुपमा यो पर्वलाई मनाउने गरिन्छ ।
“तमु धिँ को आयोजनामा पोखरामा बहृत् साँस्कृतिक झाँकीसहित विविध कार्यक्रम गरेर यो पर्व मनाउँदै आएका छौँ”, अध्यक्ष गुरुङले भने, “यो पर्वले सामाजिक एकता र भातृत्वको सन्देश दिन्छ ।” हाटेँ पर्वले तुम समुदायलाई आफ्नो इतिहासको पनि स्मरण गराउने गरेको उनको भनाइ छ । “ऐतिहासिक र सांस्कृतिक पक्षबाट हेर्दा यो पर्वको छुट्टै महत्व छ, यसमा गुरुङहरुको पहिचान झल्कन्छ”, अध्यक्ष गुरुङले भने, “दैवी शक्ति र प्रकृति पूजक आदिवासीको सामाजिक एकतामा यस्ता पर्वले थप मद्दत पु¥याइरहेको छ ।”
विसं २०४२ मा तमु धिँ नेपाल गठन भएपछि पोखरामा गुरुङ संस्कृति र संस्कारको जगेर्नामा समुदाय जागरुक बनेको उनको भनाइ छ । ट्होटेँ पर्वका दिन गुरुङहरु आफ्ना परम्परागत बाजागाजासहित जातीय पहिरनमा सजिएर झाँकीमा सहभागी हुने गर्छन् । ट्होटेँमा घाटु, सोरठी, चुट्का, कृष्ण चरित्रलगायत मौलिक संस्कृति प्रदर्शन गरिन्छ । यस पर्वमा गुरुङ जातीले प्रयोग गर्ने पुराना हातहतियार, पोसाक, बाजा, झ्याली, चोपडी, सुलाची, चिम्टालगायतका सामग्री पनि प्रदर्शन गर्ने गरिएको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका चिजबहादुर गुरुङले पितापूर्खाका पालादेखि ट्होटेँ पर्व मनाउँदै आएको बताए । “यस पर्वका दिन राति समूहमा बाजागाजा बजाउँदै गाउँ डुल्ने चलन छ, यसो गर्दा राक्षस र भूतप्रेत भाग्छन् भन्ने किम्बदन्ती छ”, उनले भने । गुरुङ समुदायको एकता र सांस्कृतिक पहिचान कायम राख्न पनि यो पर्वले सघाएको उनले बताए ।
ट्होटेँमा आफ्ना पितृको स्मरण सँगसँगै प्रकृतिको पूजाआजा गर्ने चलन रहेको गुरुङको भनाइ छ । “गुरुङ राज्य र गाउँबस्तीमा कसैले आक्रमण नगरोस्, दुःख नदेओस् भनेर ट्होटेँ पर्व मनाउन सुरु गरिएको गुरुङ समुदायको इतिहासमा उल्लेख छ”, उनले भने, “पर्व मनाउनाले गाउँलेको भलो हुने खेतीबाले सप्रने, रोगव्याधि हट्ने र प्राकृतिक विपत्ति नआउने जनविश्वास छ ।”
यस्ता चाडपर्वले मौलिक संस्कृतिको संरक्षणमा टेवा पुग्ने गरेको डढुवा दुर्छा लमजुङ तमु समाज, पोखराका सचिव कृपाकुमार गुरुङले बताए ।“ट्होटेँले सामाजिक एकताको सन्देश दिन्छ, आफ्नो समुदायका मानिसहरु भेला हुने, एकापासमा चिनजान गर्ने मौका पनि मिल्छ”, उनले भने, “यो पर्व गुरुङहरुको पहिचान, संस्कार र संस्कृतिसँग गाँसिएको छ ।” ट्होटेँ पर्वका अवसरमा कास्कीको मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले सार्वजनिक बिदासमेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
ज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सुर्खेतको मालपोत कार्यालयमा आगलागी
बैशाख २२, २०८१ शनिबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
जिब्रोमा हुने सेतो दाग सबैभन्दा खतरनाक !
बैशाख २२, २०८१ शनिबार
जयनगर–जनकपुर रेलसेवा तीन दिन बन्द हुने
बैशाख २२, २०८१ शनिबार