११ बजे बोलाइएको संसद बैठक भर्खर सुरु
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १२:१०:१३
२८ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतक बीच छलफल सकिएपछि संसद बैठक सुरु भएको छ । प्रतिनिधिसभाको गतिरोध अन्त्य गर्जे प्रयास स्वरूप सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक रोकेर उनले छलफल थालेका थिए । उनले हिजो पनि सहमतिका लागि छलफल गरेका थिए । संसद अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गर्ने भएपछि सभामुखले छलफल गरेका हुन ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आइरहेको छ । मंगलबार बसेको बैठक कांग्रेसको अवरोधपछि कुनै एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार