पक्राउ परेका नेतालाई तत्काल रिहा गर्न राष्ट्रिय एकता अभियानको माग
नेपालबहस संवाददाता
बैशाख १, २०८१ शनिबार १४:३५:३२
१ वैशाख, जनकपुरधाम । राष्ट्रिय एकता अभियानले पक्राउ परेका आफ्ना नेता रिहाइको माग गरेको छ । अभियानले जानकी मन्दिरबाट आफ्ना नेताहरू मनिष पूर्वे र ज्ञानेन्द्र झाको पक्राउको विरोधमा विज्ञप्ति जारी गर्दै तत्काल रिहा गर्न माग गरेको हो ।
अभियान महासचिव डा. प्रभात कुशवाहले विज्ञप्ति जारी गर्दै आफ्ना नेताहरूको पक्राउलाई असंवैधानिक र अलोकतान्त्रिक कुकृत्यको संज्ञा दिँदै घोर भर्त्सना गरेका छन् ।
जानकी मन्दिर परिसरबाट केही युवा युवतीहरू अश्लील कृयाकलाप गरिरहेकाे देखेर विरोध गर्दा दुबै हिन्दु अभियानीहरुलाई जिल्ला प्रहरी धनुषाले पक्राउ गरेको बुझिएको छ।
विज्ञप्तिमा भनिएको छ, 'संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको स्थापनाको लागि प्रतिबद्ध अभियानका कार्यकर्ताहरूलाई पटक पटक पक्राउ गर्ने, सरकारी संयन्त्रमार्फत धम्क्याउने, अभियानका शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गर्ने कार्यले सरकारी संयन्त्र नै संघीयता र लोकतन्त्र समाप्त गरि नेपालमा एकात्मक राजतन्त्र फर्काउन लागेको ठहर हुन्छ। तर हजारौं नागरिकको बलिदान पश्चात् मुलुकले पाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई अक्षुण्ण राख्न हामी संघर्षरत गर्ने छौ।'
अभियानले जानकी मन्दिरको गरिमामाथि आच पुर्याउने असामाजिक तत्वहरूलाई तुरुन्तै पक्राउ गरि हिन्दु अभियानीहरू मनिष पूर्वे र ज्ञानेन्द्र झालाई तत्काल रिहा गर्न माग समेत गर्दै त्यसो नगरिएको खण्डमा अभियान आन्दोलनका कडा कार्यक्रमहरू संचालन गर्न बाध्य हुने बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार