अब राजतन्त्र फर्काउन सम्भव छैन, गणतन्त्रलाई नै सुधारेर लानुपर्छः देउवा
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १३:२९:१५
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा अब असम्भव भएको बताएका छन् । अब नेपालका लागी गणतान्त्रिक व्यवस्थालाई बलियो बनाएर लैजानुपर्ने उनको भनाइ छ । उनले गणतन्त्रलाई सुधारेर अगाडि बढाउन सबैसामु आग्रह पनि गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्र खराब व्यवस्था नभएको भन्दै उनले यसमा देखिएका कमीकमजोरीलाई सुधार्नु पर्ने बताए । सभापति देउवाले गणतन्त्रको विकल्प अरू हुन् नसक्ने भएकाले यही व्यवस्थालाई सुदृढ गरेर जानुपर्नेमा जोड दिए ।
उनले विगतमा बन्दुक उठाएकाहरूले पनि अहिले बहुदलीय व्यवस्था मानेर अगाडि बढेको बताउँदै राजतन्त्र भन्नेहरू पनि यसैमा अटाइरहेको बताए । बन्दुक उठाउने देखि पहिलेका राजावादीहरूलाई गणतन्त्रमा स्पेस भएकाले अब बहुदलीय व्यवस्थालाई सुदृढीकरण गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए ।
सभापति देउवाले जनताको अधिकार, विकास, समृद्धि सबैका लागि यो व्यवस्था उपयुक्त भएको बताए । ‘गणतन्त्रको अभ्यास भएको लामो समय भइसक्यो, यसलाई थप स्वीकार्य बनाएर जाने ठाउँ छ,’ उनले भने, ‘काम गर्दा केही समस्या आउँछन्, जे भए पनि सुधार गरेर जाऔँ । अब राजा आउने सम्भावना छैन ।’
उनले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरू सबै मरे । अर्को राजा आएपछि त झन् ऊ चाहिँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुपर्यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुपर्यो भनेर मान्छेहरू हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
हिन्दुवादीहरु राजनीतीक रुपमा सशक्त हुनुपर्ने आवश्यकता : विनय यादव
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार