संयुक्त ९ विद्यार्थी संगठनले ओली सरकारविरुद्ध वृहत प्रदर्शन गर्ने
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार १९:५५:०
काठमाडौं । संयुक्त ९ विद्यार्थी संगठनले सरकारविरुद्ध वृहत प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियु ‘पाँचौ’को कार्यालय, रातोपुल काठमाडौमा बसेको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्ध वृहत विरोध ¥याली तथा प्रदर्शन गर्ने जानकारी दिइएको हो ।
रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार ९ विद्यार्थी संगठनले ९ वटा बुँदामार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
शैक्षिक क्षेत्रको बेथिती, भ्रष्टाचारका ठुला काण्ड, जग्गा अतिक्रमण, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीमाथिको धरपकड, निर्मला पन्त प्रकरण, सिके राउत प्रक्ररण, विद्यार्थीमाथि भइरहेको अन्याय र धर्म संस्कृतिको रक्षालाई ९ विद्यार्थी संगठनले एजेण्डा बनाएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋीषकेश जंग शाहले २ तिहाई बहुमतको बलियो सरकारले जनतालाई निराश बनाएको अरोप लगाएका थिए । राज्यका सबै संयन्त्र कब्जामा लिएर ओली सरकारले स्वतन्त्रता हनन गरिरहेको उनको जिकिर थियो ।
ओली नेतृत्वको सरकार गठन भएपछि स्थानीय तह, प्रदेश र संघसम्मै भ्रष्टाचार र लुटतन्त्र फस्टाएको शाहको जिकिर थियो । शाहले विद्यार्थी आन्दोलनलाई थप उचाईमा पु¥याउनका लागि बाँकी सबै विद्यार्थी संगठनलाई पनि सरकारविरुद्धको प्रदर्शनमा सहभागि हुन आग्रह गरे ।
त्यसैगरी अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले केपी ओली र पुष्पकमल दाहाल असफल पाइलट भएको बताए । यात्रु बोकेको विमानलाई लडाकु विमानमा परिवर्तन गराएर दुर्घटना गराउन लागेकाले आफूहरु सडकमा ओर्लिनुपरेको रायमाझीको तर्क थियो ।
त्यस्तै अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्रले ओली सरकारको विकल्प खोज्नुपर्ने बेला आएको घोषणा गरे । यो सरकारले राष्ट्र र जनतालाई घात हुने काम मात्रै गरेको उनको आरोप थियो ।
अखिल ‘क्रान्तिकारी’ का अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले गरेका सबै गलत कामको भण्डाफोर गर्नका लागि १७ गतेको विरोध कार्यक्रम आयोजना गरिएको बताए । उनले शैक्षिक क्षेत्रका दलाल र माफियालाई अब ठेगान लगाउने चेतवनी पनि दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार