ताम्राकारको निधनमा कांग्रेसद्वारा दुःख व्यक्त [यस्ताे छ विज्ञप्ति]
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार २०:१७:५३
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रमुख सचेतक खाँणले उनको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेता ताम्राकारको मङ्गलबार उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो ।
विसं २०४८ र २०५६ मा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएका स्व ताम्राकारले स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए ।
स्व नेता ताम्राकारले राजनीतिक जीवनबाहेक बुद्ध दर्शनका साथै विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण तथा समाजसेवाको कार्यमा समेत अतुलनीय योगदान पुर्याएका छन् । नेता ताम्राकारजस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र कांग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा जनाइएको छ ।
यस्ताे छ विज्ञप्ति:
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख १०, २०७६ मा बसेको आकस्मिक बैठकद्वारा नेपाली कांग्रेसका नेता, पूर्व कोषाध्यक्ष तथा पूर्व मन्त्री श्री रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव र निर्णय :
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
हिन्दुवादीहरु राजनीतीक रुपमा सशक्त हुनुपर्ने आवश्यकता : विनय यादव
जेठ २, २०८१ बुधबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार