प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा तमानखोला ओझेलमा
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १३:४८:२४
६ वैशाख, बागलुङ । कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको तमानखोला गाउँपालिका भौगोलिक रूपमा अलि अप्ठ्यारो तर निकै मनोरम छ । डाँडाकाँडाले घेरिएका बस्ती । पहाडको शिरसम्म तालतलैया र हिमालको काखमा रहेका बस्तीले पर्यटकलाई पर्खिरहेका छन् ।
थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि हालसम्म प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा ओझेलमै थिए । तमानखोला गाउँपालिका पछिल्लो समय पर्यटन सम्भावना बोकेका क्षेत्रको विकासमा जुटेको छ । गाउँपालिकाले एक हजारदेखि चार हजार दुई सय मिटरको उचाइसम्म रहेका पर्यटकीय क्षेत्रको विकास गर्न थालेको छ ।
पालिकाभित्र रहेका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्नका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । तमानखोलाले उत्तरमा म्याग्दीसँग जोडिएको सोलेडाँडा, दक्षिणमा ढोरपाटनसँग जोडिएको जिल्लाकै सुन्दर बराह ताल, तमान गाउँ, ढोमइथान मन्दिर, सांस्कृतिक पहिचानका रूपमा रहेको सोरठी नाचको संरक्षणमा गाउँपालिकाले लगानी गरेको छ ।
नौडल्लेको पहाडलाई समेत प्रचार प्रसार गर्न थालिएको छ । बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट नजिक रहेको तमानखोलाले पर्यटनसम्बन्धी संरचना निर्माण गरेर पर्यटक भित्र्याउन गाह्रो छैन । पछिल्लो समय प्रचारप्रसार र भौतिक संरचना निर्माण भएपछि पर्यटकको आगमन बढिरहेको छ ।
गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्न र प्रचारप्रसारलाई तीव्रता दिनका लागि समय–समयमा पर्यटन बहससमेत गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले पहिलेको तुलनामा अहिले यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक बढ्दै गएको बताए ।
आफू निर्वाचित भएर आएर आएदेखि नै पर्यटन विकासमा काम गरिरहेको उनको भनाइ छ । पालिकाको सबैभन्दा चर्चित सोलेडाँडामा सहिद स्मृति पार्क, पाहुनाघर, कोसेलीघर, जडीबुटी पार्क, वनभोजस्थल निर्माण, खानेपानी, सार्वजनिक शौचालयको व्यवस्थापन गरिसकेको अध्यक्ष बुढामगरले बताए । तमानखोलाका गाउँगाउँमा पदमार्ग, तमान गाउँका घरहरूमा एकै प्रकृतिको रङ लगाउने योजनासमेत रहेको भन्दै बराह तालमा करिब रु एक करोड हाराहारीका संचरना निर्माण गरेको उनको भनाइ छ ।
“हामी निर्वाचित भएर आएपछि पहिलो कार्यकालदेखि नै पर्यटन क्षेत्रमा लगानी गर्दै आएका छौँ, तमानखोलामा एउटा पर्यटनको जग बसाल्ने काम भएको छ, अब सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा जोड दिएका छौँ”, अध्यक्ष बुढामगरले भने, “यो पालिकाले पर्यटन विकासमार्फत समृद्धि हासिल गर्न सक्छ भन्ने हिसाबले काम गरिरहेका छौँ, पहिलेको तुलनामा अहिले धेरै पर्यटक आएका छन्, सोलेडाँडा होस् या बराह ताल, हरेक महिना घुम्न आउने पर्यटक बढिरहेको हामीहरूले महसुस गरेका छौँ, अझै थप लगानी गर्दै जाने तयारीमा छौँ ।”
तमानखोला–२ का स्थानीय ओम पुनले स्थानीय सरकार आएपछि यहाँको पर्यटन क्षेत्रमा धेरै सुधार आएको बताए । गाउँपालिकाले हरेक वर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्दै आएपछि पर्यटकको आगमन पनि बढ्दै गएको उनको भनाइ छ । अघिल्लो वर्षसम्म बराह तालमा सडक नपुग्दा कम पर्यटक आएको भन्दै यस वर्ष एकै दिन हजारौं पर्यटकले बराह मन्दिरको दर्शन र तालको अवलोकन गरेको उनी बताउँछन् ।
भौगोलिक विकटताका कारण पछाडि भए पनि गाउँपालिकाले विकासका लागि प्रयास भने गरिरहेको पुनको भनाइ छ । उनले भने, “वडा नं २ मा बराह ताल पर्छ, म पनि यही ताल भएकै ठाउँको बासिन्दा भएको हुँदा पहिलेभन्दा अहिले निकै धेरै पर्यटक आएको पाएका छौँ, अन्य ठाउँमा पनि बेला–बेलामा पर्यटक घुम्न आएको देखिन्छ, तर पहिले घुम्न आउने मान्छे निकै न्यून थिए, अब गाउँपालिकाले पर्यटकलाई लक्षित गरी घरबास (होमस्टे) बनाउनुपर्छ भने सडक र अन्य पूर्वाधार निर्माण जोड दिनुपर्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमजदुरीमै बित्यो जीवन, निधारमा दाम्लोको दाग साक्षी छ !
बैशाख १९, २०८१ बुधबार
श्रमिक दिवसले छोएन इँटा भट्टाका मजदुरलाई
बैशाख १९, २०८१ बुधबार
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !
बैशाख १९, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
घट्यो डिजेल र मट्टीतेलको मूल्य, हवाई इन्धनको बढ्यो
बैशाख १८, २०८१ मंगलबार
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
बैशाख १९, २०८१ बुधबार
धादिङको तेम्बाह्यारा महभीरमा ‘हनी हन्टिङ’
बैशाख १९, २०८१ बुधबार
प्रयोग गरिएको तेलमा पकाएको खाना स्वास्थ्यका लागि हानिकारक
बैशाख १९, २०८१ बुधबार
मजदुरीमै बित्यो जीवन, निधारमा दाम्लोको दाग साक्षी छ !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
सलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !
बैशाख १९, २०८१ बुधबार