चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १८:१०:३८
६ वैशाख, बेइजिङ । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ ।
फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए । उक्त शब्द सामान्यतया कथित भ्रष्टाचारका घटनाहरूमा प्रयोग गरिन्छ । एक दशकअघि सत्तामा आएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सरकारी भ्रष्टाचारविरुद्ध व्यापक कारवाही अभियान सुरु रेका छन् ।
चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानमाथि अहिले गैरकानूनीरूपमा ‘३८ करोड ६० लाख युआन 'पाँच करोड ३० लाख अमेरिकी डलर' भन्दा बढीको सम्पत्ति’ प्राप्त गरेको आरोप लगाइएको बताएको छ । यी गैरकानूनी गतिविधिहरू कथितरूपमा सन् १९९३ देखि सन् २०२२ को बीचमा भएको समाचारमा उल्लेख छ ।
बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ ।
सत्तारूढ कम्युनिष्ट पार्टीको आन्तरिक भ्रष्टाचारविरोधी एजेन्सीले सन् २०२३ जुनमा ‘व्यावसायिक कर्तव्यको गम्भीर उल्लङ्घन’ गरेको भन्दै फ्यानले घुस लिएको आशङ्का गरिएको बताएको थियो । केन्द्रीय अनुशासन निरीक्षण आयोगले सो बेला फ्यानलाई सार्वजनिक पदबाट बर्खास्त गरिएको, उनको गैरकानूनी आम्दानी जफत गरिएको र फौजदारी मुद्दा चलाइएको बताएको थियो ।
समर्थकहरूले राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियानले स्वच्छ शासनलाई बढावा दिने बताए पनि आलोचकहरूले उक्त अभियान सीका लागि राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यम भएको बताएका छन् ।
भ्रष्टाचार नियन्त्रण अभियान हाल चीनको वित्तीय र बैंकिङ क्षेत्रमा हावी भएको छ । सरकारी स्वामित्वको चाइना डेभलपमेन्ट बैंकका पूर्वउपप्रमुख ली जिपिङ गत महिना अनुसन्धानको दायरामा आएका थिए, भने सरकार समर्थित चाइना मर्चेन्ट्स बैंकका पूर्वप्रमुख तियान हुइयुलाई फेब्रुअरीमा घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु
बैशाख १९, २०८१ बुधबार
क्रिप्टो एक्सचेन्ज बिनान्सका संस्थापक झाओलाई चार महिनाको जेल सजाय
बैशाख १९, २०८१ बुधबार
अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल
बैशाख १९, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार