‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार १६:४१:३५
७ वैशाख, काठमाडौँ । आज विश्व कलेज दिवस । यस वर्ष ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस् र फ्याटी लिभरबाट बच्नुस्’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवर्द्धनबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल १९ मा यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा कलेजको महत्वबारे मानिसहरूलाई शिक्षित गराउनुका साथै कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने गरिन्छ ।
कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग मानिन्छ । कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन दिनुपर्ने विज्ञहरूको भनाइ छ । वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा डा युवराज शर्मा भन्छन्, “कलेजोले शरीरमा निकै महत्वपूर्ण भूमिका खेल्छ । यसले पाचन प्रणालीदेखि शरीरलाई आवश्यक विभिन्न तत्व निर्माण गर्छ । विकार तत्वलाई शुद्धीकरण गर्छ । राम्रो खानपिन र रहनसहनबाटै कलेजो स्वस्थ राख्न सकिन्छ ।”
धेरै चिल्लोपदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्दा कलेजोमा बोसो जम्न सक्दैन । कलेजोमा बोसो बढ्नुलाई ‘फ्याटी लिभर’ भनिन्छ । नेपालमा अधिकांश कलेजोको समस्या हुनेमा अधिकांश कारण अत्यधिक मदिरा सेवन हुने गरेको पाइएको छ । त्यसैगरी हेपाटाइटिस ‘बी’ र ‘सी’को सङ्क्रमण, अनुवांशिक कारणले पनि कलेजोको समस्या देखिने गरेको चिकित्सकहरुको भनाइ छ ।
डा शर्मा भन्छन्, “मदिराजन्य पदार्थले सबैभन्दा धेरै कलेजोमा क्षति गरेको देखिन्छ । बच्चाहरुलाई हेपाटाइटिस भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउनुपर्छ । अनुवांशिक कारणले निम्तिने समस्या पनि छ ।” उनले वर्षमा कम्तीमा एकपटक कलेजोको अवस्था ठीक छ वा छैन भनेर लिभर फङ्सन टेस्ट (एलएफटी)गराउन सुझाव दिन्छन् ।
नेसनल हेल्थ सर्भिस (एनएचएस) युकेका अनुसार कलेजोमा समस्या आयो भने खानामा अरुचि हुने, वाकवाकी लाग्ने, शरीर कमजोरी महसुस हुने, बिरामी भइराख्ने लक्षण देखा पर्छन् ।
डा शर्मा समस्या बढ्दै जाँदा जन्डिसको लक्षण जस्तै आँखा पहेँलो हुने, छाला पहेँलो हुने समस्या देखिन्छ । उनले छ महिनाभन्दा बढी लगातार कलेजोमा समस्या भएमा ‘क्रोनिक लिभर डिजिज’ हुनसक्ने बताए । उनले भने, “यसले गर्दा पेटमा पानी आउने, पेटको आमाशयमा नसा फुल्ने, नसा फुटने, रगत बान्ता हुने, दिसामा रगत जाने, छालामा विभिन्न प्रकारका दाग देखिन्छन् ।”
उनले कलेजोले काम नै नगर्ने अवस्थामा पुग्यो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने भएकाले मधुमेह र कोलेस्ट्रोलका बिरामीहरुले नियमित जाँच गराइराख्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने
बैशाख १९, २०८१ बुधबार
काठमाडौंमा प्रदूषण बढ्यो, मास्क लगाउनूः मन्त्रालय
बैशाख १८, २०८१ मंगलबार
शिविरमार्फत नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
विश्वकै प्रदुषित शहरमा काठमाडौं शीर्ष स्थानमा
बैशाख २०, २०८१ बिहिबार
टी-२० विश्वकप खेल्ने क्यानडाको टिम घोषणा, को को परे ?
बैशाख २०, २०८१ बिहिबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
बैशाख २०, २०८१ बिहिबार
सरकारले सूचना प्रविधिका क्षेत्रमा कोष स्थापना गर्छः प्रधानमन्त्री
बैशाख २०, २०८१ बिहिबार
अर्थमन्त्रीले कसरी बनाउँदैछन आगामी बजेट ?
बैशाख २०, २०८१ बिहिबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार