चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार ७:४५:१२
८ वैशाख, बेइजिङ। एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ । समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको व्हाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो ।
एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ । एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ ।
अब चिनियाँ आईफोनमा व्हाट्सएप चल्दैन
चिनियाँ सरकारले एप्पललाई आफ्नो एप स्टोरबाट यी दुई मेटा एप ह्वाट्सएप र थ्रेड हटाउन आदेश दिएको थियो । चीनको यो आदेशपछि पनि एप्पलले यस्तो कदम उठाएको हो । एप्पलले शुक्रबार नियाँ एप स्टोरबाट व्हाट्सएप र थ्रेड हटाउने जानकारी दिए पछि नयाँ तरंग उत्पन्न भएको छ ।
समाचार अनुसार चिनियाँ सरकारले एप्पललाई आफ्नो देशको सुरक्षाको कारण देखाउँदै यी एपहरू हटाउन आदेश दिएको थियो।
तर, मेटाका अन्य तीन एप इन्स्टाग्राम, फेसबुक र मेसेन्जर अझै पनि चीनमा काम भने गरिरहेका छन् । यी तीन एपका साथै एलन मस्कको माइक्रो ब्लगिङ साइट एक्स र युट्युब पनि चीनमा काम गरिरहेका छन् ।
चीनको साइबर स्पेस एडमिनिस्ट्रेशनको निर्णय
पछिल्लो रिपोर्ट अनुसार एप्पलले आफ्नो बयानमा भनेको छ, ‘चीनको साइबर स्पेस प्रशासनले एप स्टोरबाट व्हाट्सएप र थ्रेडहरू हटाउन आदेश दिएको छ।’ एप्पलले आफ्नो विज्ञप्तिमा थप भनेको छ, ‘हामीले जुन देशमा काम गर्छौं त्यसको नियम पालना गर्नुपर्छ, चाहे हामी उनीहरुको नियमसँग सहमत होस् वा नमानौं।'
यसबारे मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अर्कोतर्फ चीनको सरकारी विभागले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अब यो हेर्न बाँकी छ कि मेटाले चिनियाँ सरकारसँग वार्ता गर्छ र यसको एप चीनको एप स्टोरमा पुनः सूचीबद्ध गर्न नियमहरू परिवर्तन गर्छ कि गर्दैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
झापामा परीक्षा दिएर फर्कदै गरेकी छात्रामाथि गोली प्रहार
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
आगलागी पीडितको त्रिपालमा वास
बैशाख २१, २०८१ शुक्रबार
डीभी २०२५ को नतिजा भोलि आउने, कसरी हेर्ने ?
बैशाख २१, २०८१ शुक्रबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
बैशाख २१, २०८१ शुक्रबार