गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार १५:२७:४२
९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा चलिरहेको छ ।
एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठक गोदावरीमा जारी रहेको बेला ओली अस्वस्थ भएका हुन् । उनको सचिवालयले दिएको जानकारी अनुसार ओलीलाई रूखा, खोकी लागेको छ र संक्रमणको जोखिमले निवासमै आराम गरिरहेका छन् ।
अध्यक्ष ओली अस्वस्थ भएपनि जारी महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठकमा शनिबार पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । प्रतिवेदनमाथिको छलफल सकिएसँगै आजै प्रतिनिधि परिषद्को बैठक सकिनेछ भने सोमबार विशेष कार्यक्रम आयोजना गरिदै छ ।
स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए । राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने जानकारी दिएका थिए ।
आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बैठकबाट बाहिरिएका ओली आज गोदावरी नै गएनन् । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार, अध्यक्ष ओलीले निवासमै आराम गरिरहेका छन् । ‘सामान्य रुघाखोकी हो । घरमै आराम गरिरहनुभएको छ’, रिजालले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार