अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार ९:४९:४०
१० वैशाख, काठमाडौं । गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।
कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २२ लाख (२ मिलियन) बढि पटक हेरिएको कीर्तिमान पनि राखेको छ ।
ट्रेलरलाई हालसम्म युट्युबमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन् । झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको ट्रेलरले अनमोलको स्टारडम र नेपाली फिल्मको ‘हिरोइज्म’ लाई कायम राख्न सफल देखिन्छ । अधिकांश प्रतिक्रियामा दर्शकले अनमोल लभर ब्वाईको रूपमा ब्याक भएकोमा स्वागत गरेका छन् भने उनको नयाँ फिल्म छिटो हेर्न आतूर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन् । ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसीता गुरुङको प्रेम प्रसंग र नेपाली फिल्ममा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लूप’लाई दर्शकले व्यग्र प्रतिक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।
निर्माता रोहित अधिकारीले फिल्मप्रति ट्रेलर हेरेर नै दर्शकले देखाएको चासो र व्यक्त गरेको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताए । युवापुस्तामा सर्वाधिक लोकप्रिय रहेका अभिनेता अनमोलले दर्शकले मन पराउने कथा रहेकैले र लगातार गरिरहेका फिल्म भन्दा केही भिन्न प्रकारको कथा रहेकोले ‘फर्की फर्की आफ्नो लागि विशेष रहेको बताए ।
यसैबीच फिल्मको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले फिल्मको वैदेशिक प्रदर्शनमा उछाल आएको छ । निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका दर्जन बढि देशहरूबाट फिल्मको माग आएको बताए । केही देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको र धेरैमा कुरा अघि बढिसकेको बताउँदै रिलिज पहिले नै फिल्मले ७५ प्रतिशत लगानी सुरक्षित गर्ने बाटोमा गएको अधिकारीले बताए ।
फिल्मको आधिकारिक सामाजिक सञ्जालबाट विदेश प्रदर्शन अधिकारको अपडेट सार्वजनिक गर्दै जाने उनले बताए । वैदेशिक प्रदर्शन अधिकार, डिजिटल अधिकार र फिल्मसँग जोडिएका ब्राण्डबाट प्राप्त रेभिन्यूले फिल्म रिलिज सँगसँगै नाफाको बाटोमा जान लागेको उनको दाबी छ ।
सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको लागि यो फिल्म डेब्यू रहनेछ । रोहित अधिकारी फिल्मस्ले ओएसआर डिजिटलको सहकार्यमा फिल्म निर्माण गरेको हो । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस् ले प्रदर्शन अधिकार खरिद गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आजबाट ‘मनसरा’ रिलिज
बैशाख २१, २०८१ शुक्रबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार