पेमेन्ट गेटवे अनियमितता प्रकरणमा निलम्बनमा परी पछि फुकुवा भएका मधु मरासिनीलाई अर्थ सचिवको जिम्मा
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १३:४:३२
१० वैशाख, काठमाडौं । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा निलम्बनमा परी पछि फुकुवा भएका सचिव मधुकुमार मरासिनीलाई सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी दिने भएको छ । अर्थको सचिवमा मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो ।
पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए । तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । भ्रष्टाचार मुद्दा दायर हुँदा मरासिनी उद्योग मन्त्रालयमा थिए ।
अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुँदा सरकारको नीति तथा कार्यक्रममा समावेश नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको प्रणाली खरिदका लागि २५ करोड रुपैयाँ अर्थ मन्त्रालयको लाइन मिनिस्ट्री बजेट इन्फरमेसन सिस्टममा प्रविष्ट गरेको अभियोग उनीमाथि लागेको थियो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिद शीर्षकमा एलएमबीआइएस बजेट प्रविष्टिका नियमित चरणहरूमा पर्ने कुनै पनि कार्य नगरी नगराई मरासिनीले २५ करोड रकम बजेटमा समावेश गराएको अख्तियारको ठहर थियो । भ्रष्टाचार मुद्दा खेपिरहेका सचिव मरासिनीलाई पदबाट निलम्बन गर्न भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र मुख्यसचिव बैकुण्ठ अर्यालले केहि समय लुकाएका थिए ।
अख्तियार दुरुपयोग अनुसनधान आयोग ऐन, २०४७ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार निलम्बन नभएपछि यसबारे मागेको जवाफमा पनि प्रधानमन्त्री कार्यालयले चासो नदिएका बेला सचिव मरासिनी प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा थिए । मुद्दा दायर हुँदा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए । उनीविरुद्ध गत १५ असोजमा नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबारको मन्त्रिपरिषदले गर्यो ६ जना सचिवको सरुवा
बैशाख २१, २०८१ शुक्रबार
गृहका ७ उपसचिहरूको सरुवा, ६ जिल्लाका सहायक प्रजीअ फेरिए
बैशाख २१, २०८१ शुक्रबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार