आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १४:३०:३४
१० वैशाख, सर्लाही । सर्लाहीको दुई स्थानमा लागेको आगोबाट दुई परिवारको बिचल्ली भएको छ । आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति भएको छ ।
जिल्लाको लालबन्दी र बलरा नगरपालिकाअन्तर्गत दुई स्थानमा आगलागी भएको हो । आगलागीबाट दुई घर, एक गोठ र एक सार्वजनिक भवनमा क्षति पुगेको छ । आगलागीबाट दुई परिवारको बास नै गुमेपछि बिचल्ली भएको हो । आगलागीमा परेर लालबन्दी नगरपालिका–१४, चुरेस्थित हात्तीसुढेका बुद्धिमान मोक्तान र फुर्साङ मोक्तानको ढुङ्गा, माटो र काठले बनेको घर जलेर नष्ट भएको हो ।
आगलागीबाट बुद्धिमानको घरमा रहेको लत्ताकपडा अन्नपात, काठपात लगायतका सामग्रीसमेत जलेर नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट फुर्साङको पनि घरसहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । उनको पनि रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
आगलागीपछि दुवै परिवार खुला आकाशमुनि पुगेका छन् । सोही आगलागीबाट छिमेकी आइतसिङ मोक्तानको फुसको छाना भएको गोठसमेत जल्दा रु दुई लाख बराबरको क्षति भएको छ । आगोले पोेलेर गोठमा रहेको एउटा भैँसी र एउटा बाख्रा घाइते भएको प्रहरीले जनाएको हो । आगो नजिकैको जङ्गलबाट घरमा सल्किएको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाको बलरा नगरपालिकास्थित एक सार्वजनिक भवनमा आगलागी भएको छ । आगलागीबाट बलरा नगरपालिका–६, सानो मिर्जापुरमा रहेको पक्की पर्खाल भएको दलित भवनमा क्षति पुगेको हो । आगलागीबाट भवनमा आंशिक क्षति पुगेको प्रहरी चौकी अर्नाहले जनाएको छ ।
बिजुलीको तार सर्ट भएर लागेको आगोबाट विभिन्न सामान जल्दा रु १५ हजार पाँच सय मूल्य बराबरको क्षति पुगेको प्रहरीले जनाएको हो । सुक्खा मौसम सुरु भएसँगै जिल्लामा दैनिक आगलागीका घटना वृद्धि भइरहेका छन् । आगोको प्रयोग तथा विद्युतीय उपकरण लगाएका सामानको प्रयोगमा ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार