अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार १४:४८:७
१० वैशाख, काठमाडौं । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई लिएर आज साँझबाट नै विशेष सुरक्षा निगरानी बढाउने भएको छ । उच्च सुरक्षा स्रोतले दिएको जानकारी अनुसार उनको भ्रमणलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षाकर्मीले सोमबार साँझदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा चेकजाँच कडा बनाउने भएको छ । उपत्यकाका नाकामा पनि चेकजाँच गरिनेछ ।
अमिर शेख भोलि मंगलबार साँझ ५ बजे त्रिभुवन विमानस्थमा आइपूग्ने कार्यक्रम छ । उनी विमानस्थलबाट सिधै होटल शोल्टी जाने कार्यक्रम छ । उनको सुरक्षा नेपाली सेनाले गर्नेछ । भोलि मंगलबार ११ गतेदेखि नेपालको दुई दिने राजकीय भ्रमण गर्ने कतारका अमिर शेखको मध्यपूर्व एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमण हो । उनको यो भ्रमणमा नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारको सुझाव छ ।
कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । भ्रमणमा नेपाल सरकारले नेपाली श्रमिकको पारिश्रमिक, रोजगारको सुरक्षा, हकहितका विषयमा पहल गर्नेछ । कतारबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो । दुईदिने भ्रमणका अवसरमा कतारी अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानएको छ ।
राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन् । त्यस्तै कतारका अमिरले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने कार्यक्रम छ । कतारका अमिर थानी वैशाख १२ गते नै काठमाडौँबाट प्रस्थान गर्ने तालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
पार्टी एकता गर्ने निहुँमा रेशम र रञ्जिताले करोडौँ रकम उठाएर खाए: महतो
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार