आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार १३:४४:४३
११ वैशाख, काठमाडौं। जारी इण्डियन प्रिमियर लिग 'आइपिएल' मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन् । आधा खेल सकिँदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ ।
अहिलेसम्मको प्रदर्शनको आधारमा राजस्थान रोयल्स, कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्लेअफको सम्भावनालाई नजिक पुर्याएका छन् । अहिले राजस्थान १४ अंक सहित शिर्ष स्थानमा छ भने कोलकोता र सनराइजर्स १०-१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै ८ - ८ अंक हासिल गरेर चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सले पनि आफुलाई प्लेअफमा पुर्याउने दौडमा रहेका छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनमा सबैभन्दा बढी ७ खेलमा हार बेहोरेको छ भने अब प्लेअफको दौडबाट लगभग बाहिरिएको छ । अब बाँकी रहेका सबै ६ खेल जितेमा पनि बैंगलुरुको १४ अंक हुने छ, जुन प्लेअफका लागि पर्याप्त हुँदैन ।
त्यस्तै पञ्जाव किंग्सले यस सिजनमा ६ खेलमा हार बेहोरेर प्लेअफको सम्भावनालाई कठिन बनाएको छ । खेल्न बाँकी रहेका सबै ६ खेल जितेमा पञ्जावको १६ अंक हुने छ, जुन अलि असम्भव देखिन्छ । त्यसैगरी दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्ले यस सिजनमा ५(५ खेल हारेर कठिन अवस्थामा पुगेका छन् । ६-६ अंकसहितसातौँ र आठौं स्थानमा रहेका दुवै टिमले प्लेअफमा ठाउँ बनाउन बाँकी सबै खेल जित्नुपर्ने अवस्था बनेको छ ।
यसरी प्रतियोगिताका आधा खेल सकिदा शिर्ष तीन स्थानमा रहेका राजस्थान, कोलकोता र सनराइजर्स प्लेअफमा पुग्ने सम्भावना बढी देखिएको छ भने चौथो स्थानका लागि चेन्नई, लखनउ र गुजरातको भिडन्त हुने देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध
बैशाख २१, २०८१ शुक्रबार
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार