महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार १७:१७:५६
११ वैशाख, दोधारा चाँदनी 'कञ्चनपुर' । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले तीन सातादेखिखोपको अभाव भएको जानकारी दिए । माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि सेवाग्राहीलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
भीमदत्त नगरपालिका–१८ का नरेश जोशीले अस्पतालमा रेबिजविरुद्धको खोप नपाएपछि समस्यामा परेको गुनासो गरे । “घरमै पालेको कुकुरले खुट्टामा टोकेपछि रेबिज खोप लगाउन अस्पताल गएको थिएँ तर अभाव छ भनेर फिर्ता पठाइयो । निजी अस्पतालमा पनि सहजै पाउने अवस्था छैन । पाइहालेमा चार गुणाबढी मूल्य तीर्नुपर्ने बाध्यता छ”, उनले भने ।
अर्का सेवाग्राही खुसी चौधरीले पनि निःशुल्क पाउने गरेको महाकाली प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा रु छ सय तिरेर खोप लगाउनुपरेको गुनासो गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखगराजले आइतबार विश्वासको मत लिने, एमालेका कारण सोडारी अन्योलमा
बैशाख २१, २०८१ शुक्रबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
डिभीको नतिजा आज आउँदै , यसरी सकिन्छ हेर्न !
बैशाख २२, २०८१ शनिबार
डढेलो निभाउन सिम्रिक एयरले सघाउने
बैशाख २२, २०८१ शनिबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार