गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
नेपालबहस संवाददाता
बैशाख १२, २०८१ बुधबार १३:२७:१३
१२ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्ध बुधबार देखाऊ कारण आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । २०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौर समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
२०६३ चैत ७ गते रौतहटको राइसमिल क्षेत्रमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीचको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । सर्वोच्च अदालतले गौर घटनाका पीडितले न्याय नपाएको भन्दै दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
उक्त घटनालाई राजनीतिक रंग दिएर पीडितलाई अहिलेसम्म न्याय नदिएको भन्दै पीडितहरूका तर्फबाट त्रिभुवन साह समेतले गत वर्ष २०८० जेठ २१ मा दायर रिटमा जेठ २२, २५, २६ र २९ मा चारपटकका पेसीमा सुनुवाइ नै नभई स्थगित भएका थिए । हेर्न नभ्याइनेमा पर्दै रोकिएका पेसीपछि गत जेठ ३० मा वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयबाट अहिलेसम्म भएका अनुसन्धानका रिपोर्टहरुलाई झिकाउने आदेश गरेको थियो ।
११ महिनापछि बुधबार मात्र सर्वोच्चमा उक्त रिट पेसीमा चढेको हो । बुधबार साहसहितको रिट न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा परेका थियो । श्रेष्ठको इजलासको पहिलो नम्बरमा परेको रिटमा कारण देखाउ आदेश जारी भएको रिटमा लिडलयरको भूमिकामा रहेका वरिष्ठ अधिवक्ता उद्धवप्रसाद चौलागाईंले जानकारी दिए । २७ जनाको ज्यान गएको र ५३ जनाभन्दा बढी घाइते भएर धेरै परिवारको बिचल्ली भएको घटनामा किटानी जाहेरी दिँदासमेत कारबाही नभएको गुनासो पीडितहरूले गर्दै आएका छन् ।
वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहितका विरुद्धमा रौतहट प्रहरीमा पीडितहरूले किटानी जाहेरी दिएका थिए । उनीहरूको जाहेरीमा १६ वर्षसम्म सुनुवाइ नभएपछि जिल्ला प्रहरी र जिल्ला सरकारी वकिल समेतलाई विपक्षी बनाएर साहसहितले रिट दायर गरेका हुन् । सर्वोच्चले यसअघि शान्ति प्रक्रियाका विषयलाई लिएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दायर गरेको रिटमा शान्ति सम्झौता र शान्ति प्रक्रियालाई देखाएर फौजदारी न्याय रोकिएर नबस्ने आदेश गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्नेमा
बैशाख २३, २०८१ आइतबार
सन्दीपको रिट मुख्य न्यायाधीश निरौला र ढुंगेलको इजलासमा
बैशाख २३, २०८१ आइतबार
हराएका शताब्दीऔँ पुराना २४ वटा मूर्ति हवाइबाट नेपाल पठाइयो
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
मङ्गोलियामा आगलागीको घटना बढ्यो
बैशाख २४, २०८१ सोमबार
अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो
बैशाख २४, २०८१ सोमबार