सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १३:१:३
१३ वैशाख, भेरीगङ्गा 'सुर्खेत' । सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषदको सहयोगमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा यही वैशाख २७ र २८ गते वीरेन्द्रनगरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको हो ।
खोज अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णालीमा पहिलोपटक युवा वैज्ञानिक सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ । सम्मेलनमा सातवटै प्रदेशबाट युवा वैज्ञानिकलाई सहभागी गराइने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख जहारलाल हमालले जानकारी दिए ।
“विज्ञानको क्षेत्रमा भएका अध्ययन, अनुसन्धानलाई एक ठाउँमा ल्याएर अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्ने एउटा पाटो हो, उनले भने, “अर्को भनेको युवा वैज्ञानिकहरूलाई एक ठाउँमा भेला गराएर अनुभव आदान–प्रदान गरी उनीहरुका अध्ययन, अनुसन्धानलाई अझै फराकिलो बनाउँदै विज्ञानको क्षेत्रमा चासो बढाउनु कार्यक्रमको उद्देश्य हो ।”
सम्मेलनमा सहभागी हुन चाहने १६ देखि ४० वर्ष समूहका वैज्ञानिकहरूले वैज्ञानिक खोज, अनुसन्धान, सर्वेक्षण आफ्नो वायोडाटासहित पठाउन आग्रह गरिएको छ । प्राप्त निवेदन अध्ययन गरी युवा वैज्ञानिकहरूलाई सम्मेलनमा सहभागी गराइने हमालले बताए ।
यो सम्मेलनले युवा वैज्ञानिकहरूलाई खोज अनुसन्धानमा लाग्नका लागि अझै प्रेरित गर्ने मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सुदीप ठकुरीले बताए। “कर्णालीमा राष्ट्रियस्तरको पहिलोपटक युवा वैज्ञानिक सम्मेलन हुँदैछ, यसले हाम्रा विज्ञान क्षेत्रका विद्यार्थीलाई खोज अनुसन्धान गर्नका लागि प्रेरित गर्ने अपेक्षा छ”, उनले भने । सम्मेलनले विज्ञान क्षेत्रलाई अझै सघाउ पुग्ने भन्दै सबै युवा वैज्ञानिकलाई सहभागिता जनाउन उनले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
मस्क टेस्लाका ६ हजारलाई कर्मचारीलाई बर्खास्त गर्ने तयारीमा
बैशाख १९, २०८१ बुधबार
टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
राज्यलाई कर तिरेका जनताले यसको खर्च कसरी भएको छ भन्ने कुरा जान्न पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार