भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १६:५४:४५
१४ वैशाख, खोटाङ । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको आयोजनामा वैशाख–१५ गतेदेखि १७ गतेसम्म ‘बी’ डिभिजन र वैशाख– १५ गतेदेखि २२ गतेसम्म ‘ए’ डिभिजनको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
एन्फाको निर्देशिका अनुसार ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा बाक्सिला फुटबल क्लब, खारम्बु स्पोर्टस क्लब, खोटाङ भगवती स्पोर्टस् क्लब, बुइँपा ११ स्पोर्टस् क्लब, हलेसी फुटबल क्लब र सोल्मा स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने आयोजक खोटाङ फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिएको छ । ‘ए’ डिभिजनका विजेता टिमले प्रदेश लिगमा खेल्न जाने अवसर पाउने छन् भने, सबैभन्दा कम अङ्क ल्याउने टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छ ।
‘बी’ डिभिजन लिगको प्रतियोगितामा खोटाङ फुटबल एकेडमी, नमुना स्पोर्ट्स क्लब, नूनथला स्पोर्ट्स क्लब र जन्तेढुङ्गा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने जनाइएको छ । ‘बी’ डिभिजनका विजेता टिमले ‘ए’ डिभिजन उक्लने अवसर पाउने फुटबल सङ्घका अध्यक्ष राईले जानकारी दिएको छ । ‘ए’ तथा ‘बी’ डिभिजन लिगको दुवै खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्ट्स क्लब सोल्माको खेलमैदानमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा वि.सं २०७६ देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको हो । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपटक वि.सं २०७६ मा जिल्ला लिग फुटबल प्रतियोगिता गरेको थियो । वि.सं २०५९ देखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई वि.सं २०७५ मा अस्थायी र वि.सं २०७७ मा स्थायी सदस्यता प्राप्त भएको हो ।
प्रतियोगिताको पहिलो दिन भोलि शनिबार दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ । दिउँसो १ बजेदेखि सुरु हुने पहिलो खेल नमुना स्पोर्ट्स क्लब र नूनथला स्पोर्ट्स क्लबबीच तथा दिउँसो ३ बजेदेखि सुरु हुने दोस्रो खेल केएफए र जन्तेढुङ्गा स्पोर्ट्स क्लबबीच सञ्चालन हुने जनाइएको छ ।
दुवै प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक जिल्ला फुटबल सङ्घका उपाध्यक्ष रोशेष श्रेष्ठले जानकारी दिनुभयो । हप्ता दिनसम्म सञ्चालन हुने प्रतियोगिताको औपचारिक उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले गर्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङको तालगाउँमा खेलाडी र कलाकारले भरिभराउ
असोज ४, २०८१ शुक्रबार
मिलानमाथि लिभरपुलको सहज जित
असोज २, २०८१ बुधबार
विभागीय टोली एपिएफ विजयी
असोज १, २०८१ मंगलबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
असोज ५, २०८१ शनिबार
तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
असोज ५, २०८१ शनिबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार