वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार २०:४३:५९
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव नहुने ठोकुवा गरेका छन् ।
मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले यो निर्वाचन प्रणाली रहेसम्म कुनै पनि पार्टीको बहुमत नआउने र पार्टीको बहुमत बिना देशमा विकास सम्भव नहुने बताए ।
अहिलेको निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गर्नु पर्ने र यसका लागि एमाले काँग्रेस मिल्नु पर्ने कोइरालाले बताए ।
कुनै पनि पार्टीको बहुमत नआउने र पार्टीको बहुमत बिना देशमा विकास सम्भव नहुने दाबी गरे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको विकासका लागि एमाले र कांग्रेस मिल्नु पर्ने बताएका छन् ।
मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो निर्वाचन प्रणाली रहेसम्म कुनै पनि पार्टीको बहुमत नआउने र पार्टीको बहुमत बिना देशमा विकास सम्भव नहुने दाबी गरे ।
उनले भने, ‘अहिलेको निर्वाचन प्रणाली रहेसम्म कुनै पनि दलले बहुमत ल्याउने अवस्था छैन । बहुमत नआउँदा अहिलेकै जस्तो सरकार बनाउने र गिराउने खेल चलिरहन्छ । जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्दछ ।’ अहिलेको निर्वाचन प्रणाली फेर्न संविधान संशोधन गर्नु पर्ने र यसका लागि एमाले काँग्रेस मिल्नु पर्ने कोइरालाले बताए ।
उनले अहिलेको संविधान संशोधन गर्न दुई तिहाइ आवश्यक पर्ने र त्यसका लागि काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए । उनले थपे, ‘कांग्रेस र एमाले मिलेकै कारण संविधानसभाबाट संविधान जारी भयो । अब देशलाई केन्द्रबिन्दुमा राखेर दुइटा दल मिल्नुपर्छ ।’
नेता कोइरालाले सरकार फेरिएपिच्छे ‘पोलिसी’ पनि फेरिने गरेको बताए । उनले अन्य देशमा सरकार परिवर्तन भए पनि पोलिसी भने एउटै हुने गरेकाले विकासमा असर नपरेको बताए ।
उनले देउवाजी, ओलीजी, माधवजी, प्रचण्ड जी, झलनाथ जी, बाबुरामजीहरू पटक–पटक प्रधानमन्त्री बन्दा देशमा के गरेको भन्दै प्रश्न गरे । उनले भने, ‘आखिर उहाँहरूले के गर्नुभयो ? प्रधानमन्त्री को बन्ने भन्ने विषय गौण हो । दुई दल मिलेर देशलाई निकास दिनुको विकल्प छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार