कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १४:२९:२४
१७ वैशाख, कालीकोट । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये कालीकोट आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति हुने जिल्लामा परेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये आगलागीबाट कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ/छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई/दुई जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ ।
कालीकोटमा २०७७/७८, ०७८/०७९, ०७९/८०, र चालु आवको चैत मसान्तसम्म करिब ४५ ठाउँमा आगलागी भएको छ । आगलागीबाट ३१ वटा घर जलेर पूर्णरुपमा क्षति हुनका साथै १३ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क रहेको छ । जिल्लामा हालसम्म आगलागीबाट ७७ वटा पशुचौपाया मरेका छन् भने दर्जनौँको सङ्ख्यामा घाइते छन् ।
आगोले जङ्गलमा रहेका बोटबिरुवा जल्नुका साथै मृग, पशुपक्षी मर्ने गरेको, आगलागीबाट धनजनको क्षति हुँदा सम्म नागरिक अझै सचेत नभएको र सरकारले आगलागी गर्नेलाई कानुनी दायरामा ल्याउन नसकेको अधिवक्ता अम्मल राजले बताए । “पहाडी जिल्लामा आगो तत्काल नियन्त्रण गर्न स्थानीय सरकारले कुनै पनि संयन्त्रको विकास गरेको छैन । स्थानीय सरकार गैरजिम्मेवार हुनुले आगलागी पीडितहरू मर्कामा परेका छन्”, उनले भने, “वनमा स्थानीयले जानीजानी आगो लगाउने गरेको पाइएको छ । बाक्लो घाँस पलाउने लोभले आगो लगाउँदा वन विनाश हुँदै गएको हो । कानुनी दायरामा नल्याउँदा आगलागीका घटना बढ्दै गएका छन् ।”
यस्तै, गत चैत २ गते बाख्रा चराउन जानुभएका कालीकोटको खाँडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उहाँकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । उनका ४५ वटा बाख्रा जलेर मरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार
कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक
बैशाख २९, २०८१ शनिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार