बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १५:५७:३०
१७ वैशाख, कैलाली । बेरोजगार युवाका लागि ‘अटोरिक्सा’ आम्दानीको मुख्य स्रोत बनेको छ । पछिल्लो समय अटो रिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बनेको हो । अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक बताउँछन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–६ जालीका ज्ञानबहादुर विकले अटोरिक्सा चलाएर मासिक रु ४५ हजार आम्दानी गर्ने गरेको बताए । रोजगारीका लागि तीन वर्ष माल्दिभ्स बसेर घर फर्किएर अटो व्यवसायमा लागेका विक आफ्नो कमाइमा निकै सन्तुष्ट छन् ।
“मैले धनगढी बजार क्षेत्रमा विगत चार वर्षदेखि अटोरिक्सा चलाउँदै आएको छु, दैनिक रु एक हजार पाँच सयदेखि दुई हजार कमाइ हुन्छ”, उनले भने, “खर्च कटाएर दैनिक रु एक हजार पाँच सय बचत हुन्छ, यसमा धेरै खर्च पनि हुँदैन, यसमै सन्तुष्ट छु ।”
चार वर्षअघि रु तीन लाख २० हजारमा किस्तामा विद्युतीय अटो रिक्सा किनेका विकले १८ महिनामा किस्ता पूरा गरेको बताए । “सुरु सुरुमा अटो रिक्सा कमै थिए, दैनिक रु तीन हजार पाँच सयसम्म पनि कमाइ हुन्थ्यो, सहजै किस्ता पनि तिरेँ”, उनले भने, “अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, सात जनाको परिवार छ, घर खर्च छोराछोरीको पढाइ लेखाइ खर्च यसैबाट चलेको छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।”
सोही ठाउँका स्थानीय नवराज भट्टले अटो रिक्सा चलाएर मासिक रु ४० देखि ४५ हजारसम्म आम्दानी गर्ने गरेको बताए । उनले विगत छ वर्षदेखि धनगढी बजार क्षेत्रमा अटोरिक्सा चलाउँदै आएको बताए ।
उनले भने, “मैले सुरुमा ऋण लिएर रु पाँच लाख ७५ हजारमा अटोरिक्सा किनेर चार वर्ष चलाए, त्यो सबै ऋण चुक्ता गरेर त्यो अटो पनि बेचे, अहिले रु चार लाख १० हजारमा अर्को अटो किनेर चलाइरहेको छु, दैनिक रु एक हजार दुई सयदेखि रु एक हजार पाँच सयसम्म बचत हुन्छ, सुरु सुरुमा दैनिक रु पाँच हजारसम्म पनि आम्दानी गरेँ ।”
उनले पाँच जनाको परिवारको घर खर्च यसैबाट धानेको बताए । उनले भने, “घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नु परेको छैन, यसैमा सन्तुष्ट छु ।” जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उनको भनाइ छ ।
सोही ठाउँका चन्द्रभान विकले अटोरिक्सा चलाएर मासिक रु ३० हजार आम्दानी गर्ने गरेको बताए । “मैले छ वर्षदेखि धनगढी बजार क्षेत्रमा अटो चलाउँदै आएको छु”, उनले भने, “दैनिक एक हजारदेखि रु एक हजार पाँच सयसम्म आम्दानी हुन्छ, खर्च कटाएर दैनिक रु एक हजार बचत हुन्छ ।”
उनका अनुसार बिहानदेखि साँझसम्म चलाउनसके राम्रै आम्दानी हुन्छ । “मैले धेरै समय चलाउने गरेको छैन, तैपनि राम्रै आम्दानी हुन्छ”, उनले भने, “घरखर्च राम्रै चलेको छ, चार जनाको परिवार छ, सबै खर्च यसैबाट चल्छ, आम्दानीको अर्को स्रोत केही छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
इतिहासकार एवं प्राज्ञ ज्ञानमणि नेपालको निधन
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने
जेठ २, २०८१ बुधबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार