बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार १६:२५:२३
१७ वैशाख, बागलुङ । बागलुङमा एक लाख ३१ हजार पाँच सय ७४ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाइएको छ । जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायतका पशुलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।
संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा जिल्लाका १० वटै स्थानीय तहका दुई लाख ३५ हजार पशुमा खोप लगाउने लक्ष्यअनुसार खोप अभियान सञ्चालन गरिराखेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए ।
पशुचौपायामा देखिने खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पिपीआर र स्वाइन फिवर लगायतका खोप लगाइएको सापकोटाको भनाइ छ । गत माघ महिनादेखि सुरु गरिएको खोप अभियानमा हालसम्म ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिका पशुलाई खोप लगाइसकेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु स्वास्थ्य अधिकृत केशवराज शर्माले जानकारी दिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हालसम्म १८ हजार दुई सय ९६ गाई गोरु र २९ हजार छ सय १५ राँगा भैँसीलाई खोरेतविरुद्धको खोप लगाएको छ । करिब ६४ हजार दुई सय १७ बाख्रा र १० हजार पाँच सय ३२ भेडालाई पीपीआर खोप लगाएको पशु स्वास्थ्य अधिकृत शर्माको भनाइ छ ।
त्यसैगरी सात सय २८ बङ्गुरलाई स्वाइन फिवर र छ सय ८८ बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ । छ स्थानीय तहका सात हजार चार सय ९८ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको शर्माले जानकारी दिए । यतिबेला गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेको छ । बागलुङ र काठेखोलामा वैशाख १८ गतेदेखि खोप लगाउन सुरु गरिने कार्यालय प्रमुख सापकोटाको भनाइ छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अगुवा कृषकसँग छलफल, राजनीतिक दल, जनप्रतिनिधि लगायतसँग विभिन्न छलफल र परामर्श सम्पन्न गरेपछि हरेक स्थानीय तहका पशुचौपायाको तथ्याङ्क सङ्कलन गरेर किसानका घरघरमै पुगेर खोप लगाउने काम गरेको हो । केन्द्रबाट हरेक स्थानीय तहमा दुई समूहमा खटिएका प्राविधिक तथा स्वास्थ्यकर्मीको टोलीले १५÷१५ दिनसम्म घरदैलोमै खोप अभियान सञ्चालन गरेका थिए ।
अघिल्ला वर्षमा पशुलाई खोप लगाउँदा दूध घटाउँछ, बिरामी पर्छन् भनेर नमान्ने कृषक पनि यस वर्ष उत्साहका साथ अभियानमा सहभागी भएको सापकोटाले बताए । गत वर्ष पशुमा देखिएको लम्पी स्किन रोगका कारण तर्सिएका किसान खोपकै कारण उक्त रोगबाट पशुलाई जोगाउन सकिएपछि अन्य रोगको खोप पनि लगाउनुपर्नेमा सहमत भएर थप सजग भएको उनको भनाइ छ ।
गाई, बाख्रा र भैँसीमा बेलाबेलामा देखिने सङ्क्रमणबाट आजित भएका किसान यसपटक आफ्ना पशुलाई खोप लगाइदिनु पर्यो भन्दै भेटेरिनरी अस्पताल आउन थालेको सापकोटाले बताए । सापकोटाले भने, “जिल्लाका १० वटै पालिकाका करिब साढे दुई लाख पशुलाई पोख लगाउने योजना थियो, सबै गाउँगाउँमा पशु प्राविधिक खटाएर खोप लगाएका हौँ, अब केही पालिकामा लगाउनै बाँकी छ, जेठको अन्तिमसम्म सकिनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार