गठबन्धनमा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री सोडारी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १०:१८:२७
१८ वैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सत्ता गठबन्धनमा सहमति जुटाएर मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेका छन् । उपनिर्वाचन निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी जितेसँगै मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।
बैठकमा सरकार विस्तार, भागबण्डा र विश्वासको मत लिने विषयमा छलफल हुने माओवादी केन्द्रको संसदीय दलका उपनेता अक्कल रावलले जानकारी दिए । नागरिक उन्मुक्ति पार्टीबाट आज नै एक मन्त्री थप्ने सम्भावना रहेको उपनेता रावलको भनाइ छ । नाउपाबाट टीका थापालाई मन्त्री बनाइने सम्भावना छ । तर मन्त्रालय भने गठबन्धनको बैठकबाट मात्र तय हुनेछ ।
यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो । तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् । सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार