आनन्द वनको डढेलो नियन्त्रणमा कठिनाई, अस्पतालका ९३ बिरामी अन्यत्रै सारिए
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १४:८:५०
१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो निभाउन कठिन हुँदै गएको छ । अहिले सबै शक्ति लगाएर डढेलो निमन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो फैलिँदै गएपछि बन नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामीलाई अन्यत्र सारिएको छ ।
डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेको छ । त्यहाँ रहेका ९३ जना बिरामी सारिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अहिले प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी अस्पतालमा पुगेका छन् । आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ ।
लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो । आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीहरुको उपचार हुने गर्दछ । डढेलो निभाउने क्रममा २ जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा उनीहरु घाइते भएका हुन् । यस क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार