‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १४:५६:३६
१८ वैशाख, काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ ।
अन्तरजातीय सम्बन्धको आयामलाई समेटिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान केन्द्रीय भूमिकामा छन् भने हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् ।
फिल्ममा विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता रहेका छन् । फिल्म यही वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार