टी-२० विश्वकप खेल्न १५ सदस्यीय भारतीय टिमको घोषणा
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार १६:२६:४१
१८ वैशाख, काठमाडौं । भारतले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि भारतले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
टी-२० विश्वकप खेल्ने भारतीय टोलीमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेट), सञ्जु सैमसन (विकेट), शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् ।
त्यस्तै रिजर्भ खेलाडीमा शुभमन गिल, रिंकु सिंह, खलील अहमद र आवेश खानलाई राखिएको छ । आगामी टी-२० विश्वकपमा भारत समूह ए मा रहेको छ । समूह ए मा भारतसहित पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् । विश्वकपमा भारतले पहिलो खेल जुन ५ मा आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार