एसीसी यू-१६ : नेपालले आज थाइल्याण्डसंग खेल्दै
इन्द्र रिजाल
बैशाख १२, २०७६ बिहिबार १३:२२:९
काठमाडौं । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज ‘बिहिबार’ आयोजक थाइल्याण्डसंग खेल्दैछ ।
सुरुवाती दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा आयोजक थाइल्याण्डसंग खेल्न लागेको हो । थाइल्याण्डको चियाङमाईमा नेपाल र घरेलु टोलीबीचको खेल नेपाली समय अनुसार ९ स्१५ मा सुरु हुनेछ । आयोजकविरुद्ध मैदान उत्रदा नेपाल शतप्रतिशत जितको खोजीमा हुनेछ ।
नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । बुधबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।
आयोजकविरुद्ध नेपाल तेस्रो जितको खोजीमा हुनेछ । र, नेपाल जित निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल शीर्ष स्थानमा छ ।
सेमिफाइनल यात्रा लगभग पक्का गरिसकेको नेपाल समूह विजेताको दौडमा रहेको छ । आयोजकलाई हराउन सके नेपाल समूह विजेता बन्नेछ ।
यता, आयोजक थाइल्याण्ड नेपाललाई रोक्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छ । समूहको तेस्रो स्थानमा रहेको थाइल्याण्डले २ अंक जोडेको छ । नेपाललाई फराकिलो अन्तरले पराजित गरेमा थाइल्याण्डको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।
यसै समूहको अर्को खेलमा मलेसियाले म्यानमारको सामना गर्नेछ । मलेसिया ४ अंक जोडेर दोस्रो र अंकविहीन म्यानमार पुछारमा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार
सहकारी प्रकरण : छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै
जेठ ८, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
जेठ ८, २०८१ मंगलबार